काठमाडौं, २२ जेठ २०७९
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी प्रसाद खापुङ स्वास्थ्यमन्त्रीमा बढुवा हुनुभएको छ।
एकीकृत नेकपा समाजवादीले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई मन्त्रीबाट फिर्ता बोलाएसगै राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्दै आउनुभएका भवानीप्रसाद खापुङलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा बढुवा गर्ने निर्णय गरेको छ ।
पार्टीको आज बसेको सचिवालय बैठकले यसअघि सरकारमा सहभागी भएका सबै मन्त्रीहरुलाई फिर्ता बोलाई नयाँलाई सो अवसर दिने निर्णय गरेको थियो । यसै बिचमा सबै मन्त्री फिर्ता हुने भएका छन्।
यस्तैगरि स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसीलाई जिम्मेवारी दिइएको छ।