चितवन ,१३ भाद्र २०७७
चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमित महिलाले जुम्ल्याहा बच्चा जन्माएकी छिन् । गोरखा नगरपालिका वडा नम्बर १० की ३७ बर्षीया महिलाले शल्यक्रिया मार्फत बच्चा जन्माएको अस्पतालका बरिष्ठ स्त्री तथा प्रसुति रोग बिशेषज्ञ डा. राम प्रसाद सापकोटाले जानकारी दिनुभयो ।
स्त्री तथा प्रसुति रोग बिशेषज्ञ डा.जिवन परियारको नेतृत्वको
टिमले महिलाको शल्यक्रिया गर्नु भएको थियो
टिममा एनेस्थेसिया असिस्टेन्ट कृष्ण पौडेल र नर्स कालिका भूषालको सहयोग रहेको थियो। शल्यक्रिमा मार्फत जन्मेका जुम्ल्यहा छोरा र आमाको स्वास्थ्य अवस्था समान्य रहेको छ । भदौ ८ गते अस्पताल भर्ना भएकी महिलालाई भदौ १० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
महिलाले जन्माएको बच्चालाई कोरोना नसरोस भन्दै अहिले छुट्टै राखिएको छ । डा. सापकोटाका अनुसार आमाको कोरोना रिपोर्ट नेगेटिभ आएपछि मात्र भेट्न दिइने छ । अस्पतालमा पछिल्लो एक हप्तामा गर्ववती महिलाको शङ्ख्या बढेपछि कोभिड र नन कोभिड ओटी स्थापना गरेर काम भइरहेकको छ ।
ओटीले मात्रै सम्भब नहुने भन्दै अस्पतालले छुट्टा छुट्टै ४ कक्ष निर्माण गरिरहेको छ । डा सापकोटाका अनुसार अस्पताल भर्ना भएपछि कोरोनाको रिपोर्ट आउने बेला सम्मको लागि वइटीङ रुम, संक्रमित आमाबाट जन्मेका शिशूहरुको लागि एनआइसीयू, ओटी तथा नर्मल डेलिभेरीको लागि छुट्टाछुट्टै कक्ष रहने छन् । अस्पतालले यसभन्दा पहिले पनि संक्रमित महिलाको शल्यायक्रिया मार्फत शिशूको जन्म भएको थियो ।