भरतपुर, २५ चैत २०७८
चितवन स्थित भरतपुर अस्पतालको ५९ औं वार्षिकोत्सव समारोहमा १४ जना सेवारत र निवृत्त कर्मचारी सम्मानित हुनु भएको छ ।
वार्षिकोत्सव समारोहका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उहाँहरुलाई सम्मान गर्नुभएको हो ।
अस्पतालले नेपाल सरकारको स्थायी पदमा रही अस्पतालबाट अनिवार्य अवकाश प्राप्त गर्नुभएका डा. वासुदेव पाण्डेय, अनमि इन्द्र पौडेल, ल्याब टेक्निसिन हरिबहादुर सुयल थापालाई सम्मान गरेको हो ।
यस्तै अस्पताल विकास समिति तर्फबाट अनवरत सेवा गरी अनिवार्य अवकाश वा राजीनामा गर्नुभएका कार्यालय सहयोगी धन बहादुर गुरुङ र सुपरभाइजर केशवराज काफ्ले सम्मानित हुनु भएको छ ।
अस्पतालको सेवा क्षेत्रमा विशेष योगदान पु-याउने प्रा.डा. अमित जोशी र डा. श्रवणकुमार थापा सम्मानित हुनु भएको छ ।
अस्पतालले उत्कृष्ट कर्मचारीहरुलाई पनि सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा सर्जरी शाखाका डा. दीपेन्द्र न्यौपाने, फार्मेसी शाखाका जय पाठक, कार्यालय सहयोगी जीतबहादुर गुरुङ, सवारी चालक सुमन श्रेष्ठ, नर्स कोपिला रेग्मी गिरी, कम्प्युटर साहयक सुजन अधिकारी र कार्यालय सहयोगी शारदा गुरुङलाई हुनुहुन्छ । उहाँहरुलाई नगद, प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।