चितवन, २६ माघ २०७८
चितवनस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका १५ जना चिकित्सक कर्मचारीको बढुवा भएको छ ।
अस्पतालको पदपूर्ति समितिका हिजो सम्पन्न बैठकले क्यान्सर अस्पताल कर्मचारी प्रशासन नियमावली २०६६ (दोस्रो संशोधन २०७५) बमोजिम बढुवा गर्ने निर्णय गरेको हो ।
अस्पतालका सूचना अधिकारी गृहीनारायण महतोका अनुसार बढुवा हुनु हुनेमा अधिकृत बाह्रौं तहमा डा. विजयचन्द्र आचार्य, डा. कृष्णसागर शर्मा, डा. सुरेश श्रेष्ठ, डा. अनिल बिक्रम कार्की र डा. जया श्रेष्ठ हुनुहुन्छ ।
यस्तै अधिकृत दशौंमा डा. अमर श्रेष्ठ, डा. सदिक्षा अधिकारी, डा. गुरुशरण शाह, डा. ग्रेता पाण्डे, डा. योगेश रेग्मी, डा. निभा तिवारी, डा. दिपक सिंह मौनी र डा. नितु शर्मा हुनहुन्छ ।
महतोका अनुसार अधिकृत नवौंमा सुरेन्द्रबहादुर चन्द, अधिकृत आठौंमा दुर्गा खनाल पदोन्नती हुनु भएको छ ।
भरतपुर क्यान्सर अस्पतालको सुचना