भक्तपुर,२३ जेठ २०७८
भक्तपुर क्यान्सर अस्पतालमा आज ३५ किलोको ट्युमर निकालिएको छ।
काठमाडौं स्वयम्भुकि ३२ बर्षिया महिलाको भक्तपुर क्यान्सर अस्पतालमा शल्यकृया गरी ३५ किलोको ट्युमर निकालिएको ।
महिलाको एक बर्ष अगाडी नै पेट फुल्ने समस्या आएर जँचाउनु जाँदा पेटमा सिस्ट भएको भनिएको थियो । हाल उक्त बिरामीलाई असहज र पेट निकै ठुलो भए पछी मात्र उनि भक्तपुर क्यान्सर अस्पताल जचाउन पुगेकि थिईन ।
आर्थिक अभावको कारण समयमा नै उपचार पाउन नसकेकी ति महिलाको अस्पतालका स्त्री क्यान्सर रोग बिशेषज्ञ डा. सृष्टी श्रेष्ठ प्रजापती नेतृत्वको टोलीले शल्यकृया गर्नु भएको थियो ।
उक्त टोलीमा डा.उषा बाडे श्रेष्ठ, डा. अनिसा श्रेष्ठ, डा. रन्जना मण्डल र डा. देवकी गुवाजुको सङ्गलग्नता रहेको थियो ।