भक्तपुर, ११ असार २०८२
भक्तपुर अस्पतालले पाठेघर खसेका महिलाको निःशुल्क शल्यक्रिया सेवा सुरु गरेको छ ।
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गत निःशुल्क पाठेघर खस्ने रोगको उपचार सेवा सुरु गरेको अस्पतालका निमित्त निर्देशक डा. सुरेन्द्र भट्टले जानकारी दिनुभयो।
डा. भट्टका अनुसार आङ खसेका महिलाको निःशुल्क शल्यक्रिया अभियानका रूपमा सुरु गरेको अस्पतालले पहिलो दिन मंगललबार तीन जनाको शल्यक्रिया गरेको छ । आज पाँच जनाको शल्यक्रिया गर्ने तयारी रहेको छ।
डा. भट्टले आङ खसेका महिलाहरूलाई अस्पतालमा सम्पर्क गरेर निःशुल्क शल्यक्रियाका लागि आउन आह्वान गरेका छ्न।