भक्तपुर, १९ असार २०८१
भक्तपुर क्यान्सर अस्पतालले क्यान्सर उपचार गर्न सर्जनहरुलाई नेपालमै पहिलो पटक प्रयोगमा आएको नयाँ प्रविधि ‘हाइपेक’ बारे तालिम दिने भएको छ ।
क्यान्सर उपचार गरिरहेका काठमाडौँ उपत्यकाका अस्पतालमा करिब ३० जना सर्जनलाई उक्त तालिम दिन लागिएको अस्पतालले जनाएको छ ।
अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेको अनुसार हाइपेक भनेका पेटको अपरेसन गरिरहेकै बेलामा किमोथेरापीसमेत दिन मिल्ने प्रविधि हो । अरु क्यान्सर उपचारमा अप्रेसन र किमोथेरापी एकै पटक हुँदैन ।
हाइपेक प्रविधिपेटभित्रको क्यान्सर जस्तै: ठूलो आन्द्रा, सानो आन्द्रा, डिम्बासय, एपेन्डिक्सलगायतको क्यान्सर उपचारमा मा सबैभन्दा पहिला आँखाले देखिने जति सबै रोग निकालिन्छ । त्यसरी अपरेसन गरेकै बेलामा अपरेसन कोठाभित्रै किमोथेरापी दिने प्रविधि नै हाइपेक हो।