भक्तपुर, २७ बैशाख २०८२
भक्तपुर क्यान्सर अस्पतालमा बाल क्यान्सर वार्ड, पीआईसियू र डे केयर वार्डमा वेडको संख्या थपिएको छ।
गत मंसिर देखी बाल क्यान्सरको नि:शुल्क उपचार गर्दै आएको क्यान्सर अस्पतालले बाल क्यान्सर वार्ड १५ वेडको बनाइएको हो।
अस्पतालका कार्यकारी निर्देशक डा. उज्जवल चेलिसेले बाल क्यान्सर बिभागमा ६ वेडबाट अहिले १५ वेड भएको बताए।
डा. चालिसेका अनुसार हामिले स्वास्थ्य मन्त्रालयको सहयोगमा गत मंसिर देखी बाल क्यान्स्को निःशुल्क उपचार गर्न थालेपछी बिरामी बढेको र हाल पिआईसीयू ४, डे केयर ४ र वार्डमा ७ वेड गरी १५ वेडको बिभाग बनेको छ।
सो थप बेडको उद्घाटन औपचारिक रुपमा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले भोलि २८ गते गर्ने तय गरिएको छ।
गत मंसिर २ गते देखी १४ वर्ष मुनिका क्यान्सर विरामीहरुको उपचार तथा किमोको आषधी समेत निशुल्क दिने व्यवस्था गरिएको छ। जसका कारण भक्तपुर क्यान्सर अस्पतालमा बिरामीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ।