भक्तपुर, २० पुस २०८२
भक्तपुर क्यान्सर अस्पतालले आफ्नो न्यूरोसर्जरी विभागलाई अत्याधुनिक प्रविधिले सुसज्जित गर्ने महत्वपूर्ण कदम चाल्दै आफ्नो उपचारको गुणस्तरमा नयाँ ल्याएको छ।
अस्पतालले हालै नयाँ र अत्याधुनिक न्यूरोसर्जरी माइक्रोस्कोप र सी-आर्म इमेजिङ प्रणाली को स्थापना गरेको छ जसले गर्दा मस्तिष्क र मेरुदण्डका जटिल र सूक्ष्म अपरेसनहरू अहिलेभन्दा पनि सुरक्षित, प्रभावकारी र सहज रूपमा सम्पन्न गर्न सकिने भएको छ।
डा. राजिब शाहको नेतृत्वमा शल्यक्रिया भइराखेको छ। उक्त शल्यक्रियामा डा. पुरुस्तोम बानियाँ, डा. सतिस शाह र डा. रुपेस राउतको सहयोग रहेको छ र साथै विभागमा डा. उमेश खैटु, डा. दिपेन्द्र चापागाईं, ओटी नर्स नितेश पौडेल सरु श्रेष्ठ, रुकु बस्नेत र एलिसा कोजू छ्न।
यसले न केवल क्यान्सरबाट पीडित बिरामीहरूको उपचारमा ठूलो सहयोग पुगेको छ, बरु सामान्य न्यूरोसर्जिकल उपचारहरूमा पनि एक क्रान्तिकारी सुधार ल्याएको छ।
१. अत्याधुनिक न्यूरोसर्जरी माइक्रोस्कोप (Advanced Neurosurgical Microscope
· सूक्ष्मदर्शी क्षमता: यस माइक्रोस्कोपले सर्जनलाई मस्तिष्क वा मेरुदण्डको अत्यन्त सूक्ष्म संरचनाहरू, स्नायuharू र रक्तनलीहरूलाई अतिनै सफा र विस्तृत रूपमा हेर्न मद्दत गर्छ। यसको high-resolution र illumination को कारण सर्जनले सामान्य आँखाले देख्न नसकिने फरक पनि सजिलै देख्न सक्छन्।
·बढी सुरक्षित अपरेसन: ट्युमर, रक्तनलीको गाँठो (AVM) जस्ता जटिल रोगहरूको शल्यक्रिया गर्दा सर्जनलाई सहि र सूक्ष्म मार्गदर्शन प्रदान गर्छ। यसले गर्दा आसपासका स्वस्थ ऊतकहरू (Tissues) लाई क्षति पुग्ने जोखिम न्यूनीकरण हुन्छ र अपरेसन अत्यन्तै सुरक्षित बन्छ।
राम्रो नतिजा: सूक्ष्म र सहि शल्यक्रियाको कारण बिरामीको स्वास्थ्यमा छिटो सुधार हुन्छ, अस्पतालमा बस्ने समय घट्छ र पूर्ण रूपमा निको हुने सम्भावना बढ्छ।
१. सी-आर्म इमेजिङ प्रणाली (C-Arm Imaging System)
सी-आर्म एक प्रकारको मोबाइल एक्स-रे इमेजिङ उपकरण हो जसको आकार अंग्रेजी अक्षर ‘C’ जस्तो भएकोले यसलाई सी-आर्म भनिन्छ। यसले शल्यक्रिया कक्षभित्रै वास्तविक समयमा (Real-time) एक्स-रे इमेज प्रदान गर्छ।
रियल-टाइम मार्गदर्शन: मेरुदण्ड सम्बन्धी अपरेसन (Spinal Surgery), मस्तिष्कको गहिरो भागमा ट्युमर निकाल्ने काम वा रक्तनलीमा भएको समस्या (Endovascular Neurosurgery) जस्ता कार्यहरूमा सर्जनलाई लगातार एक्स-रे इमेजबाट मार्गदर्शन मिलिरहन्छ। यसले सर्जनलाई शल्यक्रियाको सटीकता बढाउन मद्दत गर्छ।
कम चिरफार: सी-आर्मको प्रयोगबाट धेरै काम सानो चिरफारबाटै (Minimally Invasive Technique) गर्न सकिन्छ, जसले गर्दा बिरामीलाई कम पीडा, कम रक्तस्त्राव र छिटो रिकभरी हुन्छ।
सर्जनको आत्मविश्वास बृद्धि: अपरेसन गर्दा नै सहि ठाउँमा काम भइरहेको छ/छैन भन्ने कुरा पक्का हुनाले सर्जनको आत्मविश्वास बढी रहन्छ र अपरेसनको सफलताको सम्भावना पनि बढ्छ।
भक्तपुर क्यान्सर अस्पतालको न्यूरोसर्जरी विभागमा यी दुई अत्याधुनिक उपकरणहरूको आगमनले यस क्षेत्रमा एक नयाँ युगको सुरूवात गरेको छ। यसले बिरामीहरूलाई अन्तर्राष्ट्रियस्तरको उपचार स्थानीय तहमै पाउने, उपचारको गुणस्तर र सुरक्षामा राम्रो सुधार भएको, र जटिल शल्यक्रियाहरूको सफलताको दर बढेको जस्ता ठूला फाइदाहरू ल्याएको छ। यो अस्पतालले आफ्ना बिरामीहरूको स्वास्थ्य र कल्याणप्रतिको गहिरो प्रतिबद्धताको प्रमाण हो।
















