अछाम, ९ असोज २०७९
अछामको बयालपाटा अस्पतालले १४ औँ विश्व फार्मासिष्ट दिवसको अवसरमा पहिलो पटक कार्यक्रम आयोजना गरी दिवस मनाईएको हो।
अस्पतालका फार्मेसी प्रमुख महेश शाहीको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा अस्पतालका विभिन्न विभागका प्रमुखले बिरामीको उपचारमा फर्मासिस्टको समेत महत्वपूर्ण भुमिका हुने बताएका थिए।

कार्यक्रमको अवसरमा बोल्दै असपतालका मेडिकल अधिकृत डा. बिप्लव श्रेष्ठले फर्मासिस्टको बिरामीसँग प्रत्यक्ष सम्पर्क हुने र ओषधि कसरी खाने र यसको महत्वका विषयमा उनीहरुले बिरामीलाई जानकारी गराउने बताए।
कार्यक्रममा फार्मेसी प्रमुख महेश शाहीले फार्मासिष्टको महत्व लगायतका बारेमा जानकारी गराएका थिए। बिरामीलाई सही तरिकाले कसरी औषधि प्रयोग गर्ने, सही समयमा कसरी सेवन गर्ने, औषधीका सकरात्मक र नकरात्मक पक्षका विषयमा समेत जानकारी गराएका थिए।
कार्यक्रमको संचालन फार्मेसी सहायक काजल जोशीले गरिकी थिईन्।