काठमाडौं, ८ जेठ २०८०
बौद्ध स्तुपा पोलिक्लिनिक प्रालिले दुर्गम क्षेत्रमा रहेको मुगु जिल्लाको छायानाथ रारा नगरपालिका बडा न. ९ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र मुर्मामा निशुल्क औषधी बितरण गरेको छ।
शनिबार स्वास्थ्य केन्द्रमा पुगेर पोलिक्लिनिकको तर्फबाट संगिता पौडेल लगायतका स्वास्थ्यकर्मीले ग्रामिण क्षेत्रमा अत्यावश्यक पर्ने विभिन्न ३ दर्जन भन्दा बढि प्रकारका औषधिहरू स्वास्थ्य केन्द्रका प्रमुख लक्ष्मी देबि रोकाया लगायत स्वास्थ्यकर्मीलाई हस्तान्तरण गरेका छन्। उक्त हस्तान्तरण कार्यक्रममा स्वास्थ्य संस्थामा काम गर्ने कर्मचारी तथा स्थानिय जन प्रतिनिधिको उपस्थिति रहेको थियो।
बौद्ध ६ काठमाडौंमा रहेको उक्त पोलिक्लिनिकले स्थानि स्तरमा गुणस्तरि सेवा सहज र सर्बसुलभ मुल्यमा प्रदान गर्दै आइरहेको तथा भुकम्प नाकाबन्दी, कोभिड लगायतका बिभिन्न असहज परिस्थितिमा निशुल्क स्वास्थ्य समाग्री, उपचार तथा औषधीहरु वितरण गर्नुका साथै समय समयमा बिभिन्न जिल्लाहरुमा निशुल्क शिविर तथा औषधी बितरण गर्दै आइरहेको पोलिक्लिनिकका ल्याब प्रमुख पुष्कर सत्यालले जानकारी दिनुभयो।