आज मिति : २०८२ भाद्र २४
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

बर्दिया अस्पतालमा नियमित नि:शुल्क स्थायी बन्ध्याकरण हुँदै #Bardiyahospital

Nam Raj Bhatta by Nam Raj Bhatta
January 6, 2023
in News
A A
0
बर्दिया अस्पतालमा नियमित नि:शुल्क स्थायी बन्ध्याकरण हुँदै #Bardiyahospital
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

बर्दिया, २२ पुष २०७९

बर्दिया अस्पतालमा अब देखि नियमित निःशुल्क रुपमा महिला/पुरुष स्थायी बन्ध्याकरण गर्ने भएको छ ।

अस्पतालले एमसिएच शाखाबाट दिने सेवाहरुमा समाबेस गरि यहि पुष महिनाबाट निःशुल्क रुपमा स्थायी बन्ध्याकरण गर्ने भएको हो । साथै बन्ध्याकरण गर्ने महिला/पुरुषलाई नेपाल सरकारले तोके बमोजिमको खाजा खर्चसमेत अस्पतालले उपलब्ध गराउने भएको छ । सन्तानको रहर पुगेका परिवारले अब देखि अस्पतालबाट नियमित रुपमा स्थायी बन्ध्याकरण गराउन सक्ने छन् । सन्तानको रहर पुगेका परिवारले लामो समय अस्थायी साधनको प्रयोग गर्दा समेत स्वास्थ्यमा असर पर्न सक्ने स्वास्थ्यकर्मीले दावीसमेत गरिरहेका छन् ।

बर्दिया अस्पतालमा भ्यासेक्टोमी र मिनिल्यापको लागि दक्ष जनशक्ति उपलब्ध रहेको वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुभाष पाण्डेयले जानकारी दिनुभयो । मेसु डा. पाण्डेयले भने,‘अब देखि अस्पतालले स्त्री विशेषज्ञ द्वारा स्थायी बन्ध्याकरणको सेवा नियमित रुपमा दिनेछ ।’ यो जिल्लावासीको लागि सुखद रहेको बताए । पहिला निश्चित अवधिको लागि स्थायी बन्ध्याकरणको शिविर संचालन हुने गरेको थियो भने अब देखि अस्पतालले नियमित निःशुल्क रुपमा बन्ध्याकरण गर्ने भएको हो। यसको साथै अस्पतालले महिलाहरुको आङ खस्ने समस्याको पनि अप्रेशन गर्ने भएको हो।

Dr. Subash pandey

सन्तानको रहर पुगिसकेका इच्छुक दाम्पतीले सहज रुपमा स्थायी बन्ध्याकरण गराउन सकिने स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. राम विश्वास रायले बताए । ‘स्थायी बन्ध्याकरण गराउने इच्छुक दाम्पत्तीले अब शिविर कहिले आउँने कुर्नु पर्दैन’स्त्री रोग विशेषज्ञ डा.रायले भने,‘अस्पतालमा नियमित रुपमा स्थायी बन्ध्याकरण सेवा संचालन भएको छ ।’ प्रत्येक हप्तामा दुई पटक बन्ध्याकरण हुनेछ । बुधबार र शुक्रबार दिन अस्पतालले स्थायी बन्ध्याकरण गर्ने योजना बनाएको स्त्री रोग विशेषज्ञ डा.रायले जानकारी दिए ।

Dr. Vijaya upadhaya

साथै यस आर्थिक वर्षमा वरिष्ठ सर्जन डा. बिजय उपाध्यायको नेतृत्वमा १२० जनाको निशुल्क हाइड्रोसिल शल्यक्रिया मध्ये ५५ जनाको सफल भएको र ६५ जनाको बाकी रहेको मेसु डा. पाण्डेयले बताए।

यस्तैगरी अस्पतालले आङ खस्ने ( UV prolapse or Uterovaginal prolapse) महिलाको पाठेघरको समस्या निशुल्क शल्यक्रिया गर्ने भएको छ।

यो आर्थिक वर्षमा अस्पतालले निःशुल्क सर्जरी अफ मिनिल्याप (महिलाको स्थायी बन्ध्याकरण), भेसिक्टोमी ( पुरुषको स्थायी बन्ध्याकरण) र हाइड्रोसिल उटेरोभजिनल प्रोलाप्से गरिरहेको छ।

Narayan gautam

अस्पतालमा आउने सबै बिरामीहरुको लागि बल्ड निशुल्क रहेको र यसको व्यवस्थापन गर्दा बल्ड बैंकमा कुनै शुल्क तिर्नु पर्दैन। यसको साथै अस्पतालमा सिकलसेल रोगको पनि निशुल्क निदान तथा उपचार हुन्छ। यसमा HB Electrophoresis जाँच पनि नियमित अस्पताल प्रयोगशाला मार्फत अस्पतालले निशुल्क गर्दै आएको छ।

Tags: #government of Nepal#Health and population ministryBardiya hospitalCorona Virus #Covid19Dr. Subhash Pandey
Nisarga hospital Dhangadhi
Previous Post

स्वास्थ्य सेवा विभागको निर्देशनमा आपुर्ति व्यवस्थापनबाट दोधारा चाँदनीलाई भन्टिलेटर हस्तान्तरण

Next Post

टिकापुर अस्पतालमा पहिलो पटक आन्द्रामा अल्सर फुटेर प्वाल परेको बिरामीको सफल शल्यक्रिया #Tikapurhospital

Related articles

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विकास समितिको अध्यक्षमा डा. ढकाल नियुक्त
News

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विकास समितिको अध्यक्षमा डा. ढकाल नियुक्त

3 hours ago
784
वीर अस्पतालको कुरुवा घर माथिको छानो र रेलिङ खस्दा चार जना घाइते
News

वीर अस्पतालमा घाइतेको लागि थप आईसीयू तयारी अवस्थामा

3 hours ago
777
हैजा नियन्त्रणका लागि डब्लुएचओले गर्यो स्वास्थ्य मन्त्रालयलाई किट हस्तान्तरण
News

हैजा नियन्त्रणका लागि डब्लुएचओले गर्यो स्वास्थ्य मन्त्रालयलाई किट हस्तान्तरण

3 hours ago
777
सामाजिक सञ्जाल बन्द गरेपछि पत्रकार प्रदर्शन गर्न सडकमा
News

सामाजिक सञ्जाल बन्द गरेपछि पत्रकार प्रदर्शन गर्न सडकमा

2 days ago
782
Health ministry
News

स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूबीच कार्यसम्पादन सम्झौता

3 days ago
779
सहिद शुक्रराज अस्पताल ३०० शैय्याको नयाँ भवन निर्माण प्रक्रिया अगाडि बढ्यो
News

एक वर्षमा ५ हजार बढीमा देखियाे स्क्रब टाइफस

3 days ago
789
Next Post
टिकापुर अस्पतालमा पहिलो पटक आन्द्रामा अल्सर फुटेर प्वाल परेको बिरामीको सफल शल्यक्रिया #Tikapurhospital

टिकापुर अस्पतालमा पहिलो पटक आन्द्रामा अल्सर फुटेर प्वाल परेको बिरामीको सफल शल्यक्रिया #Tikapurhospital

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Budhanilkantha Nagarpalika Haija Awareness
Budhanilkantha Nagarpalika Dengue Awareness
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,233)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...