Nepal medical Show & Nepal Lab Expo 2026 Kathmandu Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ बैशाख ३०
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

न्युनतम सेवा मापदण्डमा बर्दिया अस्पताल देशमै पहिलो

Nam Raj Bhatta by Nam Raj Bhatta
September 24, 2022
in News
Reading Time: 1 min read
A A
0
न्युनतम सेवा मापदण्डमा बर्दिया अस्पताल देशमै पहिलो
624
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

बर्दिया, ८ असोज २०७९

न्युनतम सेवा मापदण्डमा बर्दिया अस्पताल लुम्बिनी प्रदेश र देशमै पहिलो भएको छ । अधिराज्य भरिका सेकेन्डरी ए लेभलका अस्पतालहरुमा न्युनतम सेवा मापदण्ड फ्लोअपको समिक्षामा बर्दिया अस्पतालले ९५ प्रतिशत अंक प्राप्त गरी देशमै पहिलो भएको हो ।

देशभरिका सेकेन्डरी ए लेभलका अस्पताल न्युनतम सेवा मापदण्डमा ९५ प्रतिशत अंक प्राप्त गरी बर्दिया अस्पताल पहिलो, ९४ प्रतिशत अंक प्राप्त गरी त्रिशुली अस्पताल दोस्रो र ९३ प्रतिशत अंक प्राप्त गरी धादिङ्ग अस्पताल तेस्रो भएको छ ।

त्यसैगरी लुम्बिनी प्रदेशमा सेकेन्डरी ए लेभलका अस्पतालहरुमा न्युनतम सेवा मापदण्डमा ९५ अंक प्राप्त गरी बर्दिया अस्पताल पहिलो, ८७ प्रतिशत अंक प्राप्त गरी कपिलवस्तु अस्पताल दोस्रो र ८६ प्रतिशत अंक प्राप्त गरी गुल्मी अस्पताल तेस्रो भएको छ ।

received 527969382469411
अस्पतालहरुको न्युनतम सेवा मापदण्डको अनुगमन मुल्याङ्कन गरी एमएमएस आरपी दुर्गा लक्ष्मी श्रेष्ठले बर्दिया अस्पताल देशमा र लुम्बिनी प्रदेशमा ९५ प्रतिशत अंक प्राप्त गरी पहिलो भएको बुधबार सार्वजनिक गरिन् । अस्पतालको न्युनतम सेवा मापदण्ड अनुसार बर्दिया अस्पताल पहिलो हुन सफल भएको श्रेष्ठले बताईन । ‘देश भरिका सेकेन्डरी ए लेभलका अस्पतालमा बिरामीलाई कुर्ने कुरुवाहरुको लागि बस्ने व्यवस्था छैन’ श्रेष्ठले भनिन्’ तर बर्दिया अस्पतालले बिरामी कुरुवाहरुको लागि ७ बेडको छुट्टै वार्ड बनाएको छ ।’ यो देशमै नमुना हो ।

त्यसैगरी अस्पतालको रिकर्ड सिस्टमलगायत संचालन भएका अन्य सेवाहरुको आवस्था राम्रै भएको कारणले ९५ प्रतिशत अंक प्राप्त गरी लुम्बिनी प्रदेश र देशमा पहिलो हुन सफल भएको श्रेष्ठले जानकारी दिईन् । आगामी दिनमा सेवाग्राहीको सन्तुष्टिलाई मध्यनजर गरी गुणस्तरीय सेवा प्रर्वाह गर्न उनले सुझाईन् ।

received 1220065335204626

बर्दिया अस्पतालले राम्रो अंक ल्याउन सफल भएकोमा प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले अस्पतालको टिमलाई धन्यवाद टक्र्याउनु भयो । ‘अस्पताललाई गुलरिया नगरपालिकाले सबै भन्दा बढी सहयोग गरेको देखिन्छ’ प्रजिअ बास्तोलाले भने,‘अस्पताललाई अझै राम्रो बनाउन सबै स्थानीय तहले उत्तिकै सहयोग गर्नुपर्ने आवश्यक छ ।’

बर्दिया अस्पतालले गत वर्ष न्युनतम सेवा मापदण्डमा ८६ प्रतिशत अंक प्राप्त गरेको थियो । न्युनतम जनशक्तिको उपस्थितीमा अस्पतालले गुणस्तरीय सेवा, सेवाको विस्तार, भौतिक संरचनाको विस्तार र व्यवस्थापकिय पक्षलाई सुधार गरी ९५ प्रतिशत अंक प्राप्त गरि पहिलो भएको छ । अस्पतालले गरेको कार्यको प्रस्तुतिकरण बर्दिया अस्पतालका बरिष्ठ मेसु डा. सुभाष पाण्डेयले गरेका थिए ।

received 1084840175532577

अस्पताल न्युनतम सेवा मापदण्ड फ्लोअपको समिक्षा कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष नारायण गौतम, जिल्ला समन्वय समितिका प्रमुख सुर्य बहादुर बिष्ट, प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला, सहायक प्रजिअ रमेश पाण्डे, निर्देशक स्वास्थ्य निर्देशनालयका डा. बिनोद प्रसाद गिरी, एमएमएस फोकल पर्सन कौशल भण्डारी, बर्दिया अस्पतालका बरिष्ठ मेसु डा. सुभाष पाण्डेय, स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरी लगायत अस्पतालका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

Tags: #government of Nepal#Health and population ministryBardiya hospitalCorona Virus #Covid19Dr. Subhash Pandey
SummarizeShare272ScanTweet147

Related articles

सेवाभाव, समर्पण र गुणस्तरीय स्वास्थ्य सेवाको उदाहरण : गंगालाल अस्पताल प्रति नर्स प्रार्थना दाहालको अनुभव

सेवाभाव, समर्पण र गुणस्तरीय स्वास्थ्य सेवाको उदाहरण : गंगालाल अस्पताल प्रति नर्स प्रार्थना दाहालको अनुभव

by Nam Raj Bhatta
May 12, 2026
0

  मानव जीवनसँग प्रत्यक्ष जोडिएको स्वास्थ्य सेवा क्षेत्र अत्यन्त संवेदनशील, जिम्मेवार र चुनौतीपूर्ण मानिन्छ। यही क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी तथा नर्सहरू दिनरात बिरामीको सेवामा खटिएर स्वास्थ्य प्रणालीलाई निरन्तर चलायमान...

ॐ हस्पिटलमा बिबिध कार्यक्रम सहित इन्टरन्यासनल नर्सेस डे २०२६ मनाइयो

ॐ हस्पिटलमा बिबिध कार्यक्रम सहित इन्टरन्यासनल नर्सेस डे २०२६ मनाइयो

by Nam Raj Bhatta
May 12, 2026
0

आज १२ मे विश्वभर (इन्टरन्यासनल नर्सेस डे) अन्तर्राष्ट्रिय नर्स दिवस मनाइएको छ । विश्व नर्स दिवसको यस बर्षको नारा ‘आवर नर्सेस आवर फ्युचर, इम्पावर्ड नर्सेस सेभ लाइफ’ रहेको...

मधेश प्रदेशमा भक्तपुर क्यान्सर अस्पतालको क्यान्सर स्क्रिनिङ अभियानमा हजारौं महिला लाभान्वित

मधेश प्रदेशमा भक्तपुर क्यान्सर अस्पतालको क्यान्सर स्क्रिनिङ अभियानमा हजारौं महिला लाभान्वित

by Nam Raj Bhatta
May 11, 2026
0

भक्तपुर क्यान्सर अस्पतालको टोलीले मधेश प्रदेश विभिन्न जिल्लामा महिलामा अत्यधिक देखिने पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर प्रारम्भिक अवस्थामै पहिचान गर्ने र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले क्यान्सर स्क्रिनिङ...

रसायन तथा मेडिकल आपूर्ति संघको (केमसान) अध्यक्षमा कंडेल सर्वसम्मत चयन

रसायन तथा मेडिकल आपूर्ति संघको (केमसान) अध्यक्षमा कंडेल सर्वसम्मत चयन

by Nam Raj Bhatta
May 8, 2026
0

रसायन तथा मेडिकल आपूर्ति संघको २० औं सधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको छ। कुपोन्डोलस्थित हिमालया होटेलमा भएको सप्पन्न २० औं सधारणसभाबाट शैलेस कंडेलको अध्यक्षतामा नयाँ कार्यसमिति भएको हो।...

Please login to join discussion
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    707 shares
    Share 283 Tweet 177
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    633 shares
    Share 253 Tweet 158
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    630 shares
    Share 252 Tweet 158
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    680 shares
    Share 303 Tweet 157
  • जाडोमा बच्चाको स्याहार कसरी गर्ने ? यी १४ ओटा उपाय जानी राखौं #wintercare

    619 shares
    Share 248 Tweet 155

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • सेवाभाव, समर्पण र गुणस्तरीय स्वास्थ्य सेवाको उदाहरण : गंगालाल अस्पताल प्रति नर्स प्रार्थना दाहालको अनुभव
  • ॐ हस्पिटलमा बिबिध कार्यक्रम सहित इन्टरन्यासनल नर्सेस डे २०२६ मनाइयो
  • मधेश प्रदेशमा भक्तपुर क्यान्सर अस्पतालको क्यान्सर स्क्रिनिङ अभियानमा हजारौं महिला लाभान्वित
  • रसायन तथा मेडिकल आपूर्ति संघको (केमसान) अध्यक्षमा कंडेल सर्वसम्मत चयन
  • बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको निर्देशकमा डा. उमेश नेपाल

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.