बर्दिया, ३१ असार २०७९
बर्दिया अस्पतालमा चालू आर्थिक वर्षको ११ महिनामा ९० जनाले हाइड्रोसिलको बिरामीले निशुल्क सर्जरी गरेका छन्।
चालू आर्थिक वर्षको साउन महिनादेखि जेठ मसान्तसम्म ९१ हजारले ओपिडी सेवा लिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सुवास पाण्डेले जानकारी दिनुभयो ।
डा. पाण्डेका अनुसार यो अवधिमा अस्पतालमा ९ हजार ५०० जनाले आकस्मिक सेवा र ३ हजार ८०० जना भर्ना भएर उपचार सेवा लिएको तथ्याङ्क छ ।
अस्पतालमा १ हजार ४५० जना सुत्केरी भएका छन् । ती मध्ये २४० जनाको शल्यक्रिया गरिएकोमा ८० जनाको भने मेजर शल्यक्रिया गरिएको छ । ३०० जना नवजात शिशुलाई भर्ना भई उपचार सेवा दिईएको छ ।
यस्तै बर्दिया अस्पतालमा हाइड्रोशीलको निः शूल्क सर्जरी सेवा समेत उपलव्ध रहेको छ । यसवर्ष ९० जनाले सो सेवा लिएका छन् । डा. पाण्डेले अस्पतालमा स्वास्थ्य बीमा आवद्ध भएका ३९ हजार नागरिकले उपचार सेवा लिएको बताउनुभयो । उहाँले ओसीएमसीमा १५४ जना, एआरटी सेवा लिएका १४९ जना, ११ हजारले एक्सरे सेवा, ३ हजारले ईसीजी सेवा, १० हजारले युएसजी सेवा लिएको जानकारी दिनुभयो ।
डा. पाण्डेले बर्दिया अस्पतालले जेरियाट्रिक सर्भिस, एसएसयू, डटस, कुष्टरोग, लगायतका सेवाहरु उपलव्ध गराएको बताउनुभयो । ५० शैयाको जिल्ला अस्पतालमा ५९ स्थायी दरबन्दी भएपनि ३२ जना र समिति करारमा ५३ जना कार्यरत गरी जम्मा १०६ जना कर्मचारी कार्यरत छन्। फार्मेसीमा ६ जना करारमा काम गर्छन। जसका कारण उपचार सेवालाई प्रभावकारी गराउन असजिलो भएको उहाँको भनाइ छ ।
डा. पाण्डे कमाण्डको बर्दिया अस्पताल लुम्बिनी प्रदेशको कार्य सम्पादन मूल्याङ्कनमा गएका पछिल्लो दुई आर्थिक वर्षमा प्रदेशकै उत्कृष्ट बन्दै आएको छ । सिकलसेलको बिरामीको निदान गर्न निःशुल्क इन्भेस्टिगेसन गरिन्छ। जबकि यसको मुल्य बाहिर अस्पतालमस गर्दा १५ सय देखि २ हजार सम्म पर्छ। ओपिडीमा चेकजाँचका लागि आएका १२५५ जना गर्भवती महिलाको नि:शुल्क भिडियो एक्सरे गरिएको डा. पाण्डे बताउँछन्।
उनले भने, आर्थिक वर्षमा गर्भवती र जटिल केश भएकाहरुको लागि ३ लाख बराबरको एम्बुलेन्स सेवा भएको छ। निशुल्क परिवार नियोजन सेवा पनि उपलब्ध रहेको छ। क्लिनिक मार्फत एनसी ( ANC) चेकजाँच गर्दा गर्भवती महिलाहरुलाई इन्भेस्टिगेसन गराउँदा वल्ड ग्रुप, हेमोग्लोबिन, युराइन प्रिगेन्सी टेष्ट र एचआईभी परीक्षण जस्ता निशुल्क रुपमा उपलब्ध गराएको छ। ल्याब तथा फार्मेसी सेवा २४ औं घण्टा उपलब्ध रहेको छ।मातृ नवजात शिशु लुम्बिनी प्रदेश मातहतमा १३ वटा प्रदेश अस्पताल छन् । अस्पतालले विहीबारमात्रै आफ्नो सार्वजनिक लेखा परीक्षण सम्पन्न गरेको छ ।