बझाङ जिल्ला अस्पतालमा पहिलोपटक ल्याप्रोस्कोपिक अर्थात् दूरबिन प्रविधिबाट पि’त्तथैलीको श’ल्यक्रिया सेवा सफलतापूर्वक सुरु भएको छ।
कम चिरफारबाट गरिने यो अत्याधुनिक श’ल्यक्रियापछि बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेकाले डिस्चार्ज समेत गरिसकिएको अ’स्पतालले जनाएको छ।
यसअघि यस्ता श’ल्यक्रि’याका लागि जिल्लाबाहिरका ठूला सहर धाउनुपर्ने बाध्यता रहेकामा अब स्थानीयस्तरमै सेवा उपलब्ध गराउन सकिनुलाई बझाङको स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धिका रूपमा लिइएको छ।
सेवा सञ्चालनमा महत्त्वपूर्ण योगदान पुर्याउने अस्पताल प्रमुख डा. सन्दीप ओखेडासहितको सम्पूर्ण टोलीलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा थप अत्याधुनिक श’ल्यक्रि’या सेवाहरू विस्तार गर्दै लैजाने अस्पतालको योजना छ।






