Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ श्रावण २६
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

जिल्ला अस्पताल बैतडी न्यूनतम सेवाको मापदण्डमा सुदूरपश्चिममै उत्कृष्ट #Baitadihospital

Nam Raj Bhatta by Nam Raj Bhatta
December 21, 2022
in News
Reading Time: 1 min read
A A
0
जिल्ला अस्पताल बैतडी न्यूनतम सेवाको मापदण्डमा सुदूरपश्चिममै उत्कृष्ट #Baitadihospital
615
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

बैतडी, ६ पुस २०७९

जिल्ला अस्पताल बैतडी न्यूनतम सेवाको मापदण्डमा सुदूरपश्चिममै उत्कृष्ट भएको छ।

स्वास्थ्य निर्देशनालय डोटी र निक साइमन इन्सिच्युटले गरेको संयुक्त अनुगमनमा जिल्ला अस्पताल बैतडी सेवा प्रदानको हिसाबले प्रदेशकै उत्कृष्ट देखिएको हो। जिल्ला अस्पातलले ८९ प्रतिशत अंक ल्याएर पहिलो नम्बरमा रहेको हो।

अस्पतालले प्रदान गर्ने सेवा, अस्पताल भित्रका प्राविधिक सुविधा, भौतिक व्यवस्थापन र जनसक्ति लगायतका सुचकका आधारमा अंक प्रदान गर्ने गरिन्छ। जिल्ला अस्पताल बैतडीमा ४ जना मेडिकल अधिकृत, १ जना हाडजोर्नी बिशेषज्ञ, एक जना एमडीजीपी, एक जना एनेस्थेसियोलोजिस्ट र एक जना डेन्टल सर्जन गरी ८ जनाले सेवा दिइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दिपेश श्रेष्ठले जानकारी दिए।

Baitadi hospital

डा. श्रेष्ठका अनुसार अहिले नयाँ भवनबाट सेवा दिइरहेका छौँ, केहि उपकरणहरु पनि थपिएका छन्, सवा सुविधा पनि थपिएको भएर यो उपलब्धी हासिल गर्न सफल भएका हौं।

जिल्ला अस्पतालमा न्युनतमदेखि विशिष्ट चिकित्सकीय सेवा प्रदान भइरहेको‌ डा. श्रेष्ठले बताए। नयाँ भवनबाट सेवा प्रदान भएदेखि आइसियूसहित ५० शैय्याको भवन संरचनाबाट सेवा प्रदान भइरहेको छ। स–साना समस्या पर्दा समेत भारतको पिथौरागढ जाने यहाँका बिरामीहरु अहिले जिल्ला अस्पतालबाटै सेवा पाएपछि खुसी छन्। पहिले हात भाँचिएको अवस्था र दाँत दुखेको अवस्थामा समेत हामि पिथौरागढ जान्थ्यौँ र अहिले आएर सानो समस्या देखि जटिल खालका रोगहरुको पनि जिल्ला अस्पतालमै उपचार भइरहँदा खुसी लाग्यो सेवाग्राही निर्मल भट्टले भने।

यसैगरी स्वास्थ्य सेवाका हिसाबले बैतडीको पुर्चाैडी नगरपालिका जिल्लाकै उत्कृष्ट रहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। स्वास्थ्य प्रगति सूचकको आधारमा पुर्चाैडी नगरपालिका पहिलो नम्बरमा रहेको हो। स्वास्थ्यको बजेटको अवस्था, तथ्याङ्क अध्यावधिकको कार्य, समय समयमा रिर्पाेटिङ गरिएको, स्वास्थ्य संस्थाहरुले विभिन्न कार्यालयहरुमा भइरहने समन्वय आदि सूचकका आधारमा पुर्चाैडी नगरपालिका पहिलो नम्बरमा परेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्टले जानकारी दिनुभयो।

स्वास्थ्य निर्देशनालयको वार्षीक कार्यक्रम अनुरुप जिल्लालाई उत्कृष्ट पालिका छनौट गर्न जिल्लालाई जिम्मेवारी दिने गर्दछ। निर्देशनालयले दिएको सूचकको आधारमा पुर्चाैडी पहिलो नम्बरमा परेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख भट्टले बताए।

बैतडीका अन्य पालिकाहरुको अवस्था पनि सुधारात्मक अवस्थामै रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लामा मुख्यतय समस्याको रुपमा जनशक्ति व्यवस्थापन रहेको पाइएको छ। लोकसेवा आयोगले दरबन्दी अनुसार कर्मचारी नखटाउँदा सेवा प्रवाहमा समस्या भइरहने गरेको पाइएको हो। त्यसैगरी भौतिक संरचनाको मुख्य समस्या रहदै आएको छ।

Tags: #government of Nepal#Health and population ministryBaitadi district hospitalCorona Virus #Covid19Yogesh prasad Bhatta
SummarizeShare259ScanTweet148

Related articles

काभ्रेको पाँचखालमा केएमसीको स्वास्थ्य शिविर, ६५१ जनाले लिए स्वास्थ्य सेवा

काभ्रेको पाँचखालमा केएमसीको स्वास्थ्य शिविर, ६५१ जनाले लिए स्वास्थ्य सेवा

by Nam Raj Bhatta
August 10, 2026
0

काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोग तथा लायन्स क्लब अफ काभ्रेपलाञ्चोक भगवतीको आयोजनामा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–५ ठाँटीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। शिविरमा स्थानीय बासिन्दासहित आसपासका क्षेत्रबाट आएका...

ॐ अस्पतालमा बिरामी सुरक्षा र आकस्मिक उपचार सुदृढ बनाउन ‘बेसिक लाइफ सपोर्ट’ कार्यशाला

ॐ अस्पतालमा बिरामी सुरक्षा र आकस्मिक उपचार सुदृढ बनाउन ‘बेसिक लाइफ सपोर्ट’ कार्यशाला

by Nam Raj Bhatta
August 10, 2026
0

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले आफ्ना मेडिकल स्टाफहरूका लागि एकदिवसीय 'बेसिक लाइफ सपोर्ट' (BLS) कार्यशाला सम्पन्न गरेको छ। अस्पतालको मानव संसाधन तथा नर्सिङ विभागको संयुक्त आयोजनामा सञ्चालित...

नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त

नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त

by Nam Raj Bhatta
August 9, 2026
0

नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त भएका छन्। शुक्रबार थापाले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सरकारले फार्मेसी...

Bharatpur hospital

स्वास्थ्य बिमाबाट भरतपुर अस्पतालले पायो एक वर्षमा रु अ१ अर्ब भन्दा बढी

by Nam Raj Bhatta
August 8, 2026
0

चितवनस्थित भरतपुर अस्पतालले स्वास्थ्य बिमाबाट बिरामीलाई सेवा दिएवापत एक वर्षको अवधिमा रु एक अर्ब ५७ लाख ९७ हजार ८३२ प्राप्त गरेको छ । गत आर्थिक वर्षको छ महिना...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    839 shares
    Share 336 Tweet 210
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    698 shares
    Share 279 Tweet 175
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    682 shares
    Share 294 Tweet 162
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    642 shares
    Share 257 Tweet 161
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    694 shares
    Share 309 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • काभ्रेको पाँचखालमा केएमसीको स्वास्थ्य शिविर, ६५१ जनाले लिए स्वास्थ्य सेवा
  • ॐ अस्पतालमा बिरामी सुरक्षा र आकस्मिक उपचार सुदृढ बनाउन ‘बेसिक लाइफ सपोर्ट’ कार्यशाला
  • नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
  • स्वास्थ्य बिमाबाट भरतपुर अस्पतालले पायो एक वर्षमा रु अ१ अर्ब भन्दा बढी
  • फ्रन्टलाइन हस्पिटलमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट शल्यक्रिया,

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.