बैतडी, ९ वैशाख २०७८
बैतडीका १० ओटै स्थानीय तह पूर्ण खोप सुनिश्चित घोषणा गरिएका छन् । २ बर्ष मुनिका बालबालिकाहरुले पाउनुपर्ने तालिका अनुसारको खोप पाएकाले पालिकाहरुलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।
जिल्लाका १० ओटै स्थानीय तह पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषण गरिएपछि अब जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणाको तयारी भएको हो ।
बुधबार दशरथचन्द नगरपालिका र डिलाशैनी गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषणा भएसंगै जिल्लाका १० ओटै स्थानीय तह पूर्ण खोप सुनिश्चित घोषणा गरिएका छन् । यही वैशाख १० गते जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणाको तयारी भएको स्वास्थ्य प्रमुख भट्टले जानकारी दिनुभयो ।
(निङ्लाशैनी अनलाइन बाट)
Comments 1