बैतडी , ७ साउन
बिगत एक हप्ता देखि बैतडीको आइसोलेशन कोरोना संक्रमितहरु कोरोना मुक्त भएर लगभग २५० जना डिस्चार्ज भए संगै कोरोना संक्रमण शुन्य भएको छ।
संक्रमितहरु सबै डिस्चार्ज भएर अहिले बैतडीमा आइसोलेशन खाली रहेको जिल्ला अस्पताल बैतडीका निमित्त मेसु डा.बसन्त राज जोशीले बताउनु भयो।
डा.जोशीका अनुसार भारत बाट आएकाहरुमा कोरोना संक्रमीत देखिए पनि अहिले कोरोना निको भएर घर फर्किएका छ्न। बैतडीका कतिपय गाउँ पालिका तथा स्थानीयहरुमा कोरोना पोजेटिभ देखिएको थियो तर अहिले कोरोना मुक्त भएका छ्न।
अस्पतालमा अहिले अरु सर्वसाधारण हरुले उपचार सेवा नियमीत लिइरहनु भएको छ। कोरोना भन्दा पनि अन्य रोगका बिरामीहरु दिनप्रतिदिन बढ्दै गइरहेको पनि बताए।