काठमाडौँ, २२ वैशाख २०८१
नेपाल खाद्य, आयुर्वेदिक, न्युट्रास्युटिकल्स तथा कस्मास्युटिकल्स समाज (फ्यानक्यान) को बागमती प्रदेश कमिटी गठन भएको छ ।
फ्यानक्यानको बागमती प्रदेश कमिटीको अध्यक्षमा ईश्वर भुसाल र महासचिवमा विष्णु खाती निर्वाचित भएका छन् । कमिटीको वरिष्ठ उपाध्यक्षमा रामप्रसाद ढकाल र उपाध्यक्षमा वीरेन्द्रकुमार महतो निर्वाचित हुनुुभएको छ ।
यसैगरी, सहसचिवमा लक्ष्मी नेपाल, कोषाध्यक्षमा मेरिना रिजाल, सहकोषाध्यक्षमा अरुण चन्द निर्वाचित हुनुभएको छ । सदस्यहरुमा प्रवीन चालिसे, अजित गुरु, सुरेश मण्डल र नवराज कडरिया निर्वाचित हुनुभएको फ्यानक्यानले जनाएको छ ।
फ्यानक्यानका केन्द्रीय अध्यक्ष सुरेन्द्र मानन्धरले बागमती प्रदेश कमिटीमा नवनिर्वाचित पदाधिकारीलाई बधाइ तथा सफल कार्यकालको शुभकामना दिनुभएको छ ।