बाग्लुङ ,२१ साउन २०७७
बागलुङको धौलागिरी अञ्चल अस्पताल अन्तर्गतको धौलागिरी क्याम्पसमा कार्यरत एकजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गरिएको छ । क्याम्पसमा कार्यरत २५ वर्षीय स्टाफ नर्समा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
‘उहाँमा कोरोनाको केही सिम्टम्स देखिएको थियो । शंका लागेर स्वाब परीक्षणका लागि पठायौं । कोरोना पोजेटिभ आयो,’ अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्ट डा शैलेन्द्र विक पोखरेलले भने ‘नतिजा पोजेटिभ आएपछि तत्काल उहाँलाई आइसोलेसनमा राखेर ओपीडी बन्द गरेका छौं ।’