काठमाडौं, २० चैत्र २०७९
नियो हेल्थ क्लिनिक, नियो चाइल्ड केयर सेन्टर, नेसनल हेल्थ केयर फाउन्डेसन र सेन्टर फर अटिजमको संयुक्त आयोजनामा विश्व अटिजम सचेतना दिवस वाकाथन र सभा गरि मनाईएको छ। वाकाथन माईतिघर मण्डला बाट शुरू भई नेपाल मेडिकल एसोसिएसनको भवनमा गई सभामा समापन भएको थियो ।
अटिजम स्पेक्ट्रम डिसअर्डर (ASD) को बारेमा चेतना जगाउन हरेक वर्ष अप्रिल २ मा विश्व अटिजम जागरूकता दिवस मनाइन्छ। यो दिन विश्वभरका व्यक्ति, संस्था र समुदायका लागि अटिजमको बुझाइ बढाउन, अटिजम भएका व्यक्तिहरूको अद्वितीय शक्तिलाई मनाउने र उनीहरूको अधिकारको वकालत गर्ने अवसर हो।
कार्यक्रममा करिब २७० जना सहभागी थिए र विभिन्न विद्यालय, केन्द्र, क्लिनिक र संस्थाका प्रतिनिधिहरू थिए। माइतीघर मण्डलाबाट सुरु भएको वाकाथन नेपाल चिकित्सक संघमा सभामा सम्पन्न भएको थियो । अटिजम भएका बालबालिकाहरू प्रति एकता र ऐक्यबद्धता देखाउन “समुदायमा समावेशीकरण ” नारा सहित वाकाथन आयोजना गरिएको थियो ।सहभागीहरुले अटिजम सम्बन्धी सचेतना र सहयोगको सन्देशसहितका रंगीन प्लेकार्ड बोकेर पूर्वनिर्धारित बाटोमा हिँडेका थिए ।
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रतिनिधि डा. रविन्द्र बास्कोटा, निष्ठा श्रेष्ठ, नेपाल मेडिकल एसोसिएसनका महा सचिव डा. सन्जीव तिवारी, डब्लुएचओ वाट डा. मधुर बस्नेत वरिष्ठ पिडियाट्रिसियन डा. अरुण न्यौपाने, नियो चाईल्ड केयर सेन्टरका अध्यक्ष हरि कुवँर र सेन्टर फर अटिजमका अध्यक्ष ललिता प्रसाईले मन्तव्य राख्नु भएको थियो।
अतिथिहरूले दक्ष जनशक्ति विकासको महत्त्व र समुदायमा जनचेतनाको बारेमा कुरा गर्नु भएको थियो। अतिथिहरूले महान कार्यको लागि समर्थन र प्रोत्साहनको सन्देश साझा गरे।
कार्यक्रमको सुरुवातमा नियो चाइल्ड केयर सेन्टरका कार्यकारी निर्देशक समिद कतिला श्रेष्ठले अटिजमका अवसर र चुनौती, वर्तमान अवस्था र नेपालमा सेवा प्रदायकको अवस्थाबारे जानकारी गराएका थिए भने, “अटिस्टिक बालबालिकालाई सहयोग गर्न विभिन्न संघसंस्थाका सहभागीहरू र पाहुनाहरूको यस्तो उल्लेखनीय सहभागिता देखेर देखेर खुशी भएको बताए। कार्यक्रमबाट एक ठूलो सफलता रहेको थियो ।
कार्यक्रमलाई सफल बनाउन आ-आफ्नो समय, मेहनत र श्रोत सहयोग गर्नुहुने सम्पूर्ण सहभागी, अतिथि र प्रायोजकहरूप्रति आयोजकले हार्दिक आभार प्रकट गर्दछ।