धनगढी, ३१ साउन २०७९
कैलाली अत्तरियाको महेन्द्रनगर रोडस्थित अत्तरिया हस्पिटलले भाद्र १ गते देखि भाद्र ३ गते सम्म नि:शुल्क ओपिडी सेवा तथा परामर्श गर्ने भएको हो ।
हस्पिटलले स्त्री तथा प्रसुती रोग, जनरल ल्याप्रोस्कोपिक सर्जन र हाड जोर्नी तथा नशा रोग सम्बन्धी ३ दिन नि:शुल्क ओपिडी सेवा तथा स्वास्थ्य परामर्श दिईने अत्तरिया हस्पिटलका प्रशासन प्रमुख डिल्ली राज पाठकले बताउनु भयो।
पाठकका अनुसार स्वास्थ्य शिविरमा ल्याबमा १०%, एक्सरेमा ५%, इन्डोस्कोपीमा १५%, बेड भर्ना १०%, फार्मेसीमा ५ % र अप्रेसनमा १० % विशेष छुट दिइने छ।
अत्तरिया हस्पिटलले ३ महिना देखि विशेषज्ञ सेवासहितको स्वास्थ्य सेवा दिदै आएको छ ।