काठमाडौं, ११ माघ २०७८
नेपाल औषधि उत्पादक संघले बजारमा सिटामोल लगाएत नेपालमा उत्पादन हुनै औषधिको अभाव नभएको चेतावनी दिएको छ। औषधिको मौज्दात नभएर वा उत्पादन क्षमता नभएर अभाव भएको नभइ आयातलाई प्रोत्साहन गर्ने मनसाय भएका व्यक्तिहरुबाट हल्ला फैल्याइएको जनाएको छ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै संघले स्वदेशमा बन्ने कुनैपनि औषधिको अभाव हुन नदिने जनाएको छ। ‘संकटपुर्ण घडिमा हामी सम्पुर्ण उद्योगीहरु देशमा कुनै पनि औषधिको अभाव हुन नदिन अहोरात्र कार्य गरिरहेको र स्वदेशमा बन्ने कुनैपनि औषधिको अभाव हुन नदिने र नहुने कुराको यसै बिज्ञप्ती मार्फत सबैलाई प्रतिवद्धता ब्यक्त गर्दछौ।’ विज्ञप्तिमा भनिएको छ।
उत्पादक संघले अनावश्यक ठाउमा सञ्चिति हुने र आवश्यक ठाउमा अभाव हुने वाताबरण प्रति सजकता अपनाउन पनि आग्रह गरेको छ। औषधीको अभावमा कसैैले ज्यान गुमाउन नपरोस। अत्याधिक माग हुँदा बजारमा अभाव हुनु स्वभाबिक हो। यसलाई पुर्ति गर्न हामी स्वदेशी उद्योगहरु सदैब सवल छौ। अनावश्यक रुपमा औषधिको संचित नगरिदिनु हुन र चिकित्सकको सल्लाह बिना औषधिको अनावश्यक प्रयोग नगरि दिनुहुन समेत हार्दिक अपिल गर्दछौ।
नेपालमा औषधीको अभाव हुन दिने छैनौ यो हाम्रो राज्य प्रतिको कर्तब्य ठान्ने सम्पुर्ण स्वदेशी औषधि उत्पादकहरूको साझा प्रतिवद्धता पनि हो। औषधिमा देशलाई आत्मनिर्भर बनाऊने हाम्रो अभियानमा सबैको सहयोगको अपेक्षा गर्दछौ।’ संघले विज्ञप्तिमार्फत भनेको छ।
संघले पुष महिनामा करिव ४३ लाख पारासिटामोल ५०० मिलिग्राम चक्की बजारमा पठाएको पनि जनाएको छ। माघ महिनाको दोश्रो सातामा ३५ लाख र यो महिनाको अन्त्य सम्म अर्को ३५ लाख गरि ७० लाख चक्की बजारमा पठाउने लक्ष लिएको पनि संघले जनाएको छ। अहिलेसम्म पारासिटामोल उत्पादन गर्ने कच्चापदार्थको मौज्दात करिव १९,४६० किलोग्राम रहेको र जसले करिव ३ हरोड ८४ लाख ८३ हजार ९०० पारासिटामोल ५०० मिलिग्राम चक्की बनाउन सकिने संघले जनाएको छ।