ललितपुर, ०४ माघ २०७८
जावालाखेल बातावरण सरक्षण तथा सुधार समिति, ललितपुर तथा हार्ट टू हार्ट नेपाल बीचमा माघ ४ गते सम्झौता भएको छ ।
ललितपुरको एकान्तकुनामा रहेको असृक डायग्नोस्टिक प्याथोलोजी ल्याब सँग जावालाखेल बातावरण सरक्षण तथा सुधार समिति, ललितपुरका तर्फबाट अध्यक्ष श्री रक्ष बाहादुर केसि तथा हार्ट टू हार्ट नेपालका अध्यक्ष श्री बिपिन राईले ल्याब सेवाको लागि माघ ४ गते सम्झौता गरेका हुन्। “प्राइभेटमा टेस्ट सरकारी जस्तो रेट” नारा रहेको उक्त ल्याबले सस्तो मुल्यमा सेवा प्रधान गरिरहेको र बिज्ञ डाक्टरहरु बाट नै सन्चालन भैरहेको प्रबन्ध निर्देशक डा. शंकर काफ्लेले बताउनुभएको छ ।
“यसरी सामाजिक सस्थासँग आबद्ध व्यक्तिहरुको लागि सेवा गर्न पाउदा हामी खुशी छौ । अन्य ल्याबमा पनि छुट दिइरहेको प्रसँग उठाउँनु भएको थियो । यती छुट भन्दा ठुलो कुरा कति मुल्यमा छुट हो बुझ्न अनुरोध गरे । हामीले त हाम्रो वेबसाईटमा पुरै मुल्य सुची खुलाएका छौ ।” डा. काफ्लेले भन्नुभयो ।
स्कुल, धर्मशाला, क्लब, टोल सुधार समिती लगायत सबै सामाजिक सस्थाँलाई सेवा सम्झौता गरी सस्तो मुल्यमा पनि अझ छुट लिन असृक डायग्नोस्टिकले सबैमा अनुरोध गरेको छ ।