काठमाडौं, ७ मंसिर २०७७
इनोभेटिभ फाउण्डेशन फर हेल्थ एण्ड रिसर्च (IFHR) ले दोस्रो साधारण सभामा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ तथा जनस्वास्थ्य बिद डा.अरुण शाही लाई सर्वसम्मत चयन गरेको छ।
यस इनोभेटिभ फाउण्डेशन फर हेल्थ एण्ड रिसर्चका नयाँ कार्यसमिति डा.शाहीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति पनि गठन गरिएको छ। उक्त समितिमा उपाध्यक्ष टेकबहादुर थापा, महासचिवमा अमूल श्रेष्ठ , कोषाध्यक्षमा पवन प्रकाश धामी छनौट भएका छन्।

त्यसैगरी सदस्यहरुमा महेन्द्र गिरी ,
संजिव कुमार , अजिता घिमिरे , सकिए धोबी र हरिकला थापा चयन भएका छन्।
उक्त संस्थाले विगतको वार्षिक गतिविधीको छलफल गरियो र अगामि भविष्यको पनि योजना तयार गरियो। यस संस्थाको मुख्य उद्देश्य भनेको जन स्वास्थ्यको क्षेत्रमा नविनतम अनुसन्धान र कार्यक्रम तालिम , स्वास्थ्य शिविरको कार्यक्रमहरु गराउने हो।
साथै अहिलेको कोभिडको माहामारीमस जनस्वास्थ्य सम्बन्धी विविध जनचेतनामूलक कार्यक्रमहरु र अनुसन्धानमूलक क्रियाकलाप गर्दै आएको छ। साथै आजको साधारण सभाबाट छनौट हुनुभएका अध्यक्ष डा.शाहीले क्यान्सर सम्बन्धी अनुसन्धान नेपालमा धेरै कम भइरहेको अवस्थामा यस संस्थाले यस क्षेत्रमा विशेष कार्यक्रमहरु गरी जन स्वास्थ्यको क्षेत्रमा योगदान पुर्याउने प्रतिबद्धता जाहेर गर्नुभयो ।
साथै महासचिव अमुल श्रेष्ठका अनुसार जनस्वास्थ्य क्षेत्र नेपालको लागि अति नै चुनौतिपूर्ण भएकाले देशको समग्र विकासको लागि यस क्षेत्रमा विशेष कार्यक्रम जस्तै : बाल स्वास्थ्य, प्रजनन् स्वास्थ्य पोषण सरुवा रोग नसर्ने रोगको क्षेत्रमा विशेष ध्यान दिनुपर्ने बताए।