भाद्र २ , काठमाडौँ
नेपाल प्रहरी , सशस्त्र प्रहरी र नेपाल आर्मीमा गरी कोरोना संक्रमितको संख्या १ हजार १९३ जना पुगेको छ । नेपाल प्रहरीका ६५४ र सशस्त्र प्रहरीका २९१ र नेपाल आर्मीका २४८ जना गरी १ हजार १९३ जनामा कोरोना संक्रमण पाइएको हो ।
प्रहरीका २५४ जना डिस्चार्ज भएका छन् भने सशस्त्रका १२६ जना डिस्चार्ज भएका छन् । प्रहरीमा हाल ४०० जना सक्रिय संक्रमित छन् ।
जसमध्ये प्रहरी प्रधान कार्यालयकै १६३, काठमाडौं उपत्यकाका ३६, प्रदेश १ का २५, प्रदेश २ का ४३, वाग्मती प्रदेशका ४२, गण्डकी प्रदेशका २३, प्रदेश ५ का ५७, कर्णाली प्रदेशका ६ र सुदूरपश्चिम प्रदेशका ५ जना सक्रिय संक्रमित छन् ।यस्तै सशस्त्र प्रहरीतर्फ १५५ जना सक्रिय संक्रमित छन् ।
जसमध्ये प्रदेश १ का ३२, प्रदेश २ का ४४, वाग्मती प्रदेशका ६१ र प्रदेश ५ का १८ जना संक्रमित उपचारमा छन् । त्यस्तै गरी नेपाल आर्मीमा कोरोना मुक्त हुनेको संख्या ८४ जना छ भने १६४ जना सक्रिय संक्रमित छन्। जसमध्ये सुदुरपश्चिम प्रदेशमा, कर्णाली प्रदेश र प्रदेश न. २ मा बढी संक्रमित रहेका छन्।