✍️ नमराज भट्ट
काठमाडौं , १७ असार
स्वदेश तथा बिदेशमा गरेर अहिलेसम्म ३ जना डाक्टर सहित ७७ जना सुरक्षाकर्मीमा कोरोना सन्क्रमीत देखिएको नेपाली सेनाका प्रवक्ता बिज्ञान देव पाण्डेले जानकारी दिएका छ्न।
पाण्डेका अनुसार स्वदेशका ५५ र बिदेशका २२ जना गरि ७७ जनामा कोरोनाको पुष्टि भएको छ।
स्वदेशका ५५ जनामध्ये नेपालका १ जना डाक्टर जुन २ नम्बर प्रदेशका थिए। अरु ५४ जना विभिन्न प्रदेशका रहेका छ्न।
प्रदेश न. २ मा १३ जना ,
बागमती प्रदेशमा ४ जना
प्रदेश न. ५ मा ५ जना ,
कर्णाली प्रदेशमा ३२ र
सुदुरपश्चिम प्रदेशमा १ जना रहेका पाण्डेले बताए ।
५५ जना मध्ये १५ जना कोरोना मुक्त पछि आफ्नो काममा फर्किएका छ्न।
१५ जना सुरक्षाकर्मी निको हुनेमा प्रदेश अनुसार
प्रदेश न.२ का ७ ,
बागमती प्रदेशका ३ ,
प्रदेश न.५ का १ ,
कर्णाली प्रदेशका ३
सुदुरपश्चिम प्रदेशका १ जना रहेका छ्न।
नेपालमा ४० जना सुरक्षाकर्मी उपचारका क्रममा छ्न।
त्यस्तै गरेर बिदेशमा २२ जना संक्रमित मध्ये २ जना ( डाक्टर र नर्स ) र ८ सुरक्षाकर्मी सहित १० जना निको भएर आफ्नो काममा फर्किसकेका छ्न भने १२ जना उपचार गरिरहेका प्रवक्ता पाण्डेले बताए। बिदेशमा रहेका मध्ये दक्षिण सुडानमा १२ जना , दक्षिण अफ्रिकमा ६ जना र मालीमा ४ जना रहेका छ्न।