काठमाडौं , ३० असार
नेपाल सरकारले सेनिटाइजर दर्ताका लागि ३ महिनाको म्याद थप गरेको भन्दै औषधि उत्पादक व्यवसायीहरू विरोधमा उत्रिएका छन् । मंगलबार नेपाल औषधि उत्पादक संघले औषधि व्यवस्था विभागमा बिहान ११ बजे देखि दिउँसो १ः३० बजेसम्म धर्ना दिएको छ । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले यही असार २२ गते मन्त्रीस्तरीय निर्णय गर्दै नेपालमा विक्री वितरण भइरहेका सेनिटाइजरको दर्ता गर्न ३ महिना समय थप गरेको थियो ।
सरकारले यसरी म्याद थप्दा बिना दर्ता र गुणस्तर परीक्षणबिनै ३ महिनासम्म सेनिटाइजर नेपाली बजारमा निर्वाध बेच्न पाउने भएकाले सो कार्य जनताको स्वास्थ्य माथिको खेलबाड भएको औषधि उत्पादक संघको भनाइ छ । नेपालि उद्योगको पूवद्र्धनमा समेत धक्का पुग्ने संघको ठहर छ । नेपाल औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारीले भने हामीलाई सरकारले विभिन्न समयमा नेपाली औषधी तथा औषधी उद्योगको प्रवर्धनका लागि नीतिगत निर्णयहरु गरेको छ । कुन समयमा कस्ता औषधी आयात नगर्ने, कम्पनीहरु दर्ता नगर्ने भन्ने खालका निर्णयहरु भएका छन् । तर, ती निर्णय कार्यान्वयन भएनन् । हामीले स्वास्थ्य तथा जनसंख्यामन्त्रीज्यूलाई पनि १८ बुँदे मागसहित ज्ञापन पत्र बुझाएका थियौँ । त्यसको पनि स्पष्ट सुनुवाइ भएन । अहिले नेपालमा आत्मनिर्भर भइसकेको र पूर्ण गुणस्तर भएको नेपाली स्यानिटाइजर बजारमा भएका बेला बिनादर्ता र गुणस्तरहीन स्यानिटाइजर परीक्षणका लागि बिक्री भइरहेको छ । यसले हामीलाई निरुत्साहित बनाएको छ, हामीमाथि खेलिरहेको महसुस भएको छ । त्यसकारण यो विषम परिस्थितिमा पनि सडकमा आउन बाध्य भयौँ ।
‘स्वदेशी उधोगले उत्पादन गरेका औषधीलाई चाँही प्रमाणिकरण गर्ने महिनौ झुलाएर राख्ने’ संघले भनेको छ‘ तर विदेशी चाँहि हप्ता दिनमै दर्जनौँ उद्योगको निरीक्षण गरी प्रमाणिकरण गर्ने गरिएको हुँदा स्वदेशी उधोगहरू निरुत्साहित भएका छन।’ सरकाले स्वदेशी उधोगलाई मात्र भार पर्ने गरी कच्चापदार्थको आयात १२ गुणा सम्म दस्तुर वृद्धि गरेकाले पनि सरकारले आयातलाई नै प्रोत्साहन गरिरहेको स्पष्ट देखिने संघले जनाएको छ ।
कोरोना भाइरसको संक्रमणका बेला गुणस्तरीय उत्पादन मात्र बजारमा पठाउनु पर्नेमा सरकारको यो निर्णय सर्वथा गलत भएको उत्पादक संघको भनाइ छ। कुनै पनि बहानामा बिनादर्ता र गुणस्तर परीक्षण नगरी स्वास्थ्य सामाग्री को बिक्री वितरणको कार्य रोक्नु पर्ने माग औषधी उत्पादक संघको छ । आफ्नो विरोध कार्यक्रममा नेपाल आयुर्वेद उत्पादक संघ, निर्यात व्यवसायी महासंघ , कम्प्युटर एसोसियसन नेपाल, नेपाल जेम्स तथा ज्वलेरी एसोसियसनले पनि समर्थन जनाएको छ।
नेपाल आयुर्वेद उत्पादक संघका अध्यक्ष बिनोद पौडेलले भने हामी गुणस्तरीय किसिमले स्वदेशमै ह्याण्ड स्यानेटाइजर उत्पादन गरिरहेका छौँ । हामीले परआत्मा कहिले सम्म हुने स्वदेशी नै हुनुपर्छ । बिदेशीलाई किन दर्ता गर्नुपर्यो। यो सेनिटाइजरमा नेपाल आत्मनिर्भर भइसकेको र बिना दर्ता र परीक्षणका सेनिटाइजर बेचबिखन गर्नु पर्ने अवस्था नभएको भन्दै संघले सरकारको निर्णय तत्काल सच्चाउन माग राखेेेेको बताए ।