Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ भाद्र २४
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

न्याम्स र ससस्त्र प्रहरी अस्पतालबिच शैक्षिक कार्यक्रम सञ्चालन गर्ने समझदारी

Nam Raj Bhatta by Nam Raj Bhatta
November 10, 2023
in News
Reading Time: 1 min read
A A
0
न्याम्स र ससस्त्र प्रहरी अस्पतालबिच शैक्षिक कार्यक्रम सञ्चालन गर्ने समझदारी
612
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, २४ कात्तिक २०८०

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको उपस्थितिमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पताल र नेपाल ससस्त्र प्रहरी अस्पतालबिच भविश्यमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने समझदारी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शुक्रबार आयोजित समारोहमा न्याम्सका उपकुलपति प्रा.डा.भुपेन्द्र बस्नेत र नेपाल ससस्त्र प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर डा. रुपक महर्जनले भविश्यमा न्याम्सले ससस्त्र प्रहरी अस्पतालमा आफ्ना शैक्षिक कार्यक्रम बिस्तार गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेका हुन । यो समझदारी पछि न्याम्सले निकट भविश्यमा आफ्ना उच्च तहका शैक्षिक कार्यक्रम ससस्त्र अस्पतालमा पनि बिस्तार गर्ने छ ।

कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन उच्च स्तरको दक्ष जनशक्ति आवश्यक पर्ने बताउदै न्याम्स र ससस्त्र प्रहरी अस्पताल बिच भएको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने समझदारीले स्वास्थ्य क्षेत्रमा थप दक्ष जनशक्ति उत्पादन हुने आशा व्यक्त गरे ।

मन्त्री बस्नेतले शान्ति सुरक्षाका अलावा ससस्त्र प्रहरीले स्वास्थ्य उपचारका क्षेत्रमा पनि उल्लेखनीय कार्य गरेको भन्दै स्वास्थ्य मन्त्रालयले ससस्त्र प्रहरी अस्पताललाई सक्दो सहयोग जारी राख्ने आश्वासन दिए । नेपाल ससस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले न्याम्ससँगको शैक्षिक समझदारीले भविश्यमा ससस्त्र प्रहरी अस्पतालले मेडिकल कलेज स्थापना गर्ने ढोका खोल्ने बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. देवकुमारी गुरागाइले चिकित्सा क्षेत्रमा उच्च स्तरको जनशक्ति उत्पादन गर्ने क्षेत्रमा यो समझदारीले फड्को मार्ने बताइन । Group apf

न्याम्सका उपकुलपति प्रा.डा. भुपेन्द्र बस्नेतले न्याम्सका पदाधिकारीले निरीक्षण गर्दा ससस्त्र प्रहरी अस्पतालले प्रदान गरिरहेको उपचार सेवा र प्रयाप्त भौतिक पूर्वाधार भएको पाइएपछि शैक्षिक कार्यक्रम सञ्चालन गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर गरेको बताए ।

ससस्त्र प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर डा. महर्जनले यो समझदारीपछि ससस्त्र प्रहरी अस्पतालमा शैक्षिक वातावरण सिर्जना हुने बताउदै यसले अस्पतालले गुणस्तरीय सेवा प्रदान गर्ने कार्यमा सकारात्मक प्रभाव पार्ने आशा व्यक्त गरे ।

न्याम्सका रेक्टर डा. लोचन कार्कीले न्याम्सले अनुगमन र निरीक्षण पछि देशका विभिन्न हस्पिटलहरुसँग सहकार्य गर्दै आफ्ना उच्च तहका शैक्षिक कार्यक्रम अगाडि बढाइरहेको बताए ।

न्याम्सका रजिस्टार डा. ज्ञानेन्द्र शाहले ससस्त्र प्रहरी अस्पताल र न्याम्सबिच भएको समझदारीले चिकित्सा शिक्षामा नयाँ फड्को मार्ने विश्वास व्यक्त गरे । ११० शैयाबाट सुरु गरिएको ससस्त्र प्रहरी अस्पताल अहिले १९० शैयामा सञ्चालित छ ।

Tags: #government of Nepal#Health and population ministryApf hospital kailaliBir HospitalCorona Virus #Covid19
SummarizeShare260ScanTweet147

Related articles

‘पब्लिक हेल्थ च्याम्पियन अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति संघ सम्मानित

‘पब्लिक हेल्थ च्याम्पियन अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति संघ सम्मानित

by Nam Raj Bhatta
September 9, 2026
0

नेपाल नेत्रज्योति सङ्घले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ), दक्षिणपूर्वी एशिया क्षेत्रीय कार्यालयबाट ‘डब्लुएचओ’ ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ प्राप्त गरेको छ । दिली, तिमोर–लेस्तेमा आयोजित...

फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी रोगबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न

फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी रोगबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न

by Nam Raj Bhatta
September 9, 2026
0

फिजियोथेरापी दिवस २०२६ को अवसरमा नेपाल फिजियोथेरापी संघ (NEPTA) ले आज काठमाडौंमा रक्तदान कार्यक्रम तथा स्ट्रोक र मुटुसम्बन्धी रोगसम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरी दिवस मनाएको छ। यस वर्षको...

बेत्रावतीस्थित होल्डिङ सेन्टरमा ख्वप अस्पतालको निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण

बेत्रावतीस्थित होल्डिङ सेन्टरमा ख्वप अस्पतालको निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण

by Nam Raj Bhatta
September 9, 2026
0

२०८३ भाद्र १० गते भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका कारण ज्यान गुमाएका सम्पूर्ण महानुभावहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बाढी प्रभावित नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप...

Bir hospital

वीर अस्पतालबाट भोटेकोशी बाढीका २० घाइतेमध्ये १७ जना डिस्चार्ज #Birhospital

by Nam Raj Bhatta
September 8, 2026
0

भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी घाइते भएर वीर अस्पताल ल्याइएका २० जनामध्ये १७ जना उपचारपछि डिस्चार्ज भएका छन्। वीर अस्पतालका निर्देशक डा. विकास नेपालले...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    871 shares
    Share 348 Tweet 218
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    703 shares
    Share 281 Tweet 176
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    691 shares
    Share 297 Tweet 164
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    697 shares
    Share 310 Tweet 161
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    645 shares
    Share 258 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • ‘पब्लिक हेल्थ च्याम्पियन अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति संघ सम्मानित
  • फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी रोगबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न
  • बेत्रावतीस्थित होल्डिङ सेन्टरमा ख्वप अस्पतालको निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण
  • वीर अस्पतालबाट भोटेकोशी बाढीका २० घाइतेमध्ये १७ जना डिस्चार्ज #Birhospital
  • रसुवा बाढीपीडितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजद्वारा ७५ लाख रुपैयाँ सहयोग

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.