आज मिति : २०८२ पुष २९
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

पशुमा लाग्ने रोग ‘लम्पी स्किन’ देशब्यापी फैलिदा १.३४ अर्ब रुपैयाँ बराबरको क्षति

Nam Raj Bhatta by Nam Raj Bhatta
August 10, 2025
in News
A A
0
पशुमा लाग्ने रोग ‘लम्पी स्किन’ देशब्यापी फैलिदा १.३४ अर्ब रुपैयाँ बराबरको क्षति
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, २५ साउन २०८२

गाईभैंसीमा लाग्ने ‘लम्पी स्किन’ रोगको संक्रमण २९ जिल्लामा फैलिदा हाल सम्म १ अर्ब ३४ करोड रुपैयाँभन्दा बढीको क्षति पुगेको पशु सेवा विभागले जानकारी दिएको छ ।

विभागले उपलब्ध गराएको तथ्यांकअनुसार यो रोग हाल ६ प्रदेशका २९ जिल्लामा फैलिएको छ । २७ हजार ४२५ पशुचौपाया यसबाट संक्रमित भएका छन् ।

वि.स. २०७९ चैतमा पनि नेपालमा लम्पी स्किन रोग महामारीका रूपमा फैलिएको थियो । त्यसपछि यस वर्ष पनि कोशी, बागमती, लुम्बिनी, मधेश, कर्णाली र गण्डकी प्रदेशमा यो रोग तीव्र गतिमा फैलिएको नेपाल पशु चिकित्सा परिषद्का रजिस्ट्रार डा. मनोज कुमार शाहीले जानकारी दिनुभयो।

डा. शाहीका अनुसार परिषद्ले गरेको अध्ययनअनुसार एउटा पशुचौपायाको संक्रमण बराबर औसतमा ४९ हजार १३५ रुपैयाँ बराबर क्षति भएको देखिएको छ । त्यसकारण अहिले मृत्यु भएका पशुको संख्याअनुसार हालसम्म १ अर्ब ३४ करोड ७५ लाख रुपैयाँभन्दा बढी क्षति भएको अनुमान गरिएको डा. शाहीले बताए ।

लम्पी स्किन रोगबाट सबैभन्दा बढी कोशी प्रदेश प्रभावित भएको छ । विभागले सार्वजनिक गरेको विवरणअनुसार गत असार ६ गतेदेखि साउन २० गतेसम्म कोशीका ११ जिल्लामा फैलिएको संक्रमणबाट २२ हजार १२२ पशुचौपाया बिरामी र ६३७ को मृत्यु भएको छ । विभागको विवरणअनुसार लम्पी स्किन संक्रमण मधेशका ८, गण्डकी र कर्णालीका १/१, बागमतीका ५ र लुम्बिनीका ३ जिल्लामा फैलिएको छ । सुदूरपश्चिममा हालसम्म रोग पुष्टि भएको छैन ।

विवरणअनुसार मधेशमा १७९ पशुको मृत्यु भएको छ । ४ हजार ४९२ पशु संक्रमित भएका छन् । बागमतीमा यो रोगबाट ३० पशु मरेका छन् भने ७९३ संक्रमित छन् । लुम्बिनीमा १६ र गण्डकीमा ७ पशु यसबाट संक्रमित भएको विभागको विवरणमा उल्लेख छ ।

सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशमा ५ लाख ६१ हजार ७५१ पशुचौपायालाई लम्पी स्किनविरुद्धको खोप लगाइएको विभागले बताएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पशु स्वास्थ्य महाशाखाका वरिष्ठ पशु चिकित्सक डा. तपेन्द्र बोहराले लम्पी स्किन रोगबाट पशुको मृत्यु हुँदा संघीय सरकारले किसानलाई क्षतिपूर्ति दिने नगरेको बताए। स्थानीय तहहरूले भने एक पशु बराबर १० हजार रुपैयाँसम्म क्षतिपूर्ति दिने गरेको उनले बताए । साथै, गाईभैंसीको बीमा गराएका किसानलाई भने बीमाले क्षतिपूर्ति बेहोर्ने गरेको पनि डा. बोहराले जानकारी दिए ।

चिकित्सा परिषद्का अनुसार यसअघि २०७९ चैतमा पनि गाईभैंसीमा महामारीका रूपमा देखिएको लम्पी स्किन रोगका कारण नेपालमा करीब १५ लाख ३६ हजार पशु संक्रमित भएका थिए ।

७१ जिल्लामा फैलिएको रोगका कारण करीब साढे ६५ हजार पशुको मृत्यु भएको थियो । यसबाट ७९ अर्ब रुपैयाँ बराबरको क्षति भएको थियो । परिषद्का अनुसार ८ लाख ६७ हजार पशु उपचारपश्चात् निको भएका थिए । त्यसबेला सरकारले करीब साढे ३ लाख गाईभैंसीलाई लम्पी स्किनविरुद्ध खोप लगाएको थियो ।

यो रोग लामखुट्टे, टोक्ने झिँगा, किर्नाजस्ता कीराको टोकाइबाट सर्ने र गाईभैंसीलाई लाग्ने एकदमै संक्रामक रोग हो । संक्रमित पशुको ओसारपसार, साझा चरणक्षेत्र, एउटै सुइको प्रयोग वा कृत्रिम गर्भाधान र उपचारका क्रममा यो रोग सर्न सक्ने विज्ञहरूको भनाइ छ ।

गर्मीयाममा कीरा र लामखुट्टे सक्रिय हुने भएकाले रोगको प्रकोप बढ्छ । यो रोगले गाईभैंसीको दूध उत्पादनमा गिरावट ल्याउने, उच्च ज्वरो आउने, तौल घट्ने र कहिलेकहीँ मृत्युसमेत गराउन सक्छ । विशेष गरी ज्वरो नियन्त्रण गर्न नसकेमा मृत्यु हुने सम्भावना बढ्छ ।

लम्पी स्किन लागेर निको भएका पशुको हकमा दूध उत्पादन ७० प्रतिशतसम्म घट्ने र त्यस्ता पशुको छालासमेत विक्री नहुने परिषद्का रजिस्ट्रार डा. शाही बताउँछन् । संक्रमित पशुको छालामा १–५ सेन्टिमीटरको गाँठा देखिन्छ, थुतुनो, मुख र नाकमा घाउ आउँछ र आँखाबाट अत्यधिक तरल पदार्थ निस्कन्छ।

Tags: Dr. Manoj kumar shahiDr. Tapendra Prasad BoharaNepal veterinary association
Previous Post

त्रिवि शिक्षण अस्पतालमा ८ विशेषज्ञ चिकित्सकको लागि दरखास्त आह्वान

Next Post

नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले सीपीडी कार्यक्रम सुरु गर्ने तयारीमा

Related articles

राष्ट्रिय एचआइभी कार्यक्रमको वार्षिक समीक्षा गोष्ठिमा सात जना पुरुस्कृत
News

राष्ट्रिय एचआइभी कार्यक्रमको वार्षिक समीक्षा गोष्ठिमा सात जना पुरुस्कृत

5 hours ago
1.6k
नेपाल चिकित्सक संघ जनकपुर शाखाको अध्यक्षमा डा. रामज्ञान यादव
News

नेपाल चिकित्सक संघ जनकपुर शाखाको अध्यक्षमा डा. रामज्ञान यादव

2 days ago
1.7k
पर्वतको प्रदेश अस्पतालको निशुल्क आँखा शिविरबाट ५७४ जना लाभान्वित
News

पर्वतको प्रदेश अस्पतालको निशुल्क आँखा शिविरबाट ५७४ जना लाभान्वित

4 days ago
1.6k
नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त
News

नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त

4 days ago
1.6k
उच्च अदालतले नेपाल औषधि उत्पादक संघ र नेपाल औषधि आयातकर्ता संघ पक्षमा फैसला
News

उच्च अदालतले नेपाल औषधि उत्पादक संघ र नेपाल औषधि आयातकर्ता संघ पक्षमा फैसला

4 days ago
1.6k
स्वास्थ्य बीमा सुधारका सम्बन्धमा राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न
News

स्वास्थ्य बीमा सुधारका सम्बन्धमा राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न

4 days ago
1.6k
Next Post
नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले सीपीडी कार्यक्रम सुरु गर्ने तयारीमा

नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले सीपीडी कार्यक्रम सुरु गर्ने तयारीमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dasharathchand nagarpalika vital events registration
Dasharathchand nagarpalika vital events registration
The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (130)
  • Disease (106)
  • English (49)
  • Fitness (27)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,398)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.