Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ भाद्र २४
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

एन्फाको साथ नपाएपछि ‘उपचार रकम’ का लागि साम्बाको अपिल

Nam Raj Bhatta by Nam Raj Bhatta
February 24, 2026
in News
Reading Time: 1 min read
A A
0
एन्फाको साथ नपाएपछि ‘उपचार रकम’ का लागि साम्बाको अपिल
592
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, १२ फागुन २०८२

साम्बाले सोमबार आफ्नो सामाजिक सञ्जालमा लेखेकी छन्– ‘नमस्कार, म सावित्रा भण्डारी, तपाईंहरूको ‘साम्बा’ यहाँहरू सबैलाई थाहा नै छ म पछिल्लो ७ हप्तादेखि चो’टका कारण मैदान बाहिर छु । सोचेजस्तो हुन्थ्यो भने अहिले म चो’टको शल्यक्रिया गरेर फिजियो सुरु गरेको केही समय बितिसक्ने थियो । तर, अझै पनि म उप’चारको लागि भौतारिएकी छु ।

मेरो घुँडाको एसीएलमा यसअघि शल्य’क्रिया गरेर हालिएको ग्राफ्ट र एमसिएल दुवैमा ग’म्भीर चो’ट लागेको छ । यसका लागि मैले पुनः जटिल श’ल्यक्रिया गर्नुपर्ने अवस्था रहेको छ । पछिल्लोपटक एन्फा नेतृत्वको पहलमा मेरो उपचारमा सम्पूर्ण व्यवस्थापन र सहयोग भएको थियो । त्यसबेला आर्थिक र मानसिकरूपमा मलाई कुनै समस्या थिएन, जसकारण मैले समयमा पुनरागमन गर्दै मैदान फर्कन सकेँ । तर, यसपटक एन्फा नेतृत्वबाट वाचा गरेको सहयोग पनि पाइएन ।

चोट लागेको तीन सातापछिको लागि क्लबको पहलमा श’ल्यक्रिया मिति तोकिएको भए पनि एन्फाले आफ्नोतर्फबाट प्रयास गर्ने बतायो । तर, सोअनुसार एन्फाबाट प्रक्रिया अघि बढेन । मैले पटक–पटक प्रयास गर्दा पनि उहाँहरूलाई सम्पर्क गर्न क’ठिन भयो । अघिल्लो साता एन्फा अध्यक्ष आफैंले मेरो उपचारमा एन्फाबाट प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिनुभयो । उहाँले नगद ५ लाखसम्म सहयोग गर्ने र अन्य प्रक्रिया आफैं गर्न भन्नुभयो । एक त मैले यसअघि चालेको प्रक्रिया रोकियो, अर्कोतर्फ मैले झण्डै २ महिनापछि मात्र श’ल्यक्रिया मितिको लागि फेरि प्रयास गर्नुपर्ने भएको छ ।

यसबीचमा क्लबले मलाई न्यूजिल्याण्डकै स्थानीय अस्पतालमा उपचार गर्न तयार रहेको बताइरहेको छ । तर, मेरो चोट ग’म्भीर रहेको र पछिल्लोपटक कतारको अस्पेटारमा गरिएको उपचार उच्चस्तरको रहेकाले मैले पुनः सोही अस्पतालमा उपचार गराउने इच्छा राखेको हुँ । क्लबले विमाबाट प्राप्त रकम मेरो लागि निकासा गरिदिने भएको छ । तर, उक्त रकम मेरो श’ल्यक्रिया र ७–८ महिना रिह्याबका लागि अपुग हुने भएकाले आम समर्थकमाझ सहयोग माग्न आइपुगेको छु । यसका लागि कुल ८० हजार अमेरिकी डलर खर्च हुने प्रारम्भिक आकलन रहेको छ ।

म बाहिर रहेकाले सरकारसमक्ष पनि मेरो प्रतिनिधित्व गर्दै उप’चारका लागि सहयोगको प्रयास भएका छन् । तर, सरकारी प्रक्रिया अपेक्षा गरेअनुसार अघि बढ्न नसक्दा मैले श’ल्यक्रिया नगरी भर गर्ने स्थिति रहेको छैन । मैले आफ्नो करियरमा सधैं कठि’नाइको सामना गर्नुपरेको छ । र, हरेक पटक साहसका साथ त्यसलाई पार गरेको छु । यसपटक पुनः माथि उठ्न तपाईंको सहयोगको आवश्यकता परेको छ । मेरो लागि यो आफ्नो करियरको सबैभन्दा कठिन ल’डाइँ भएको छ । मैले यो अवस्था आउला भन्ने सोचेको पनि थिइनँ । आफ्नो अभिभावक मानेको एन्फाले पनि पछि हटेपछि मेरो साथ दिन आम समर्थक नै हुनुहुन्छ । एन्फाभित्र ‘म क्लबको लागि खेल्दा चो’ट लागेको’ भन्ने तर्क सुन्दा म आफैं निराश भएको छु । तर, मैले देशको लागि सधैं शतप्रतिशत दिएको छु र आउने दिनमा पनि देशको लागि खेल्न तत्पर छु । इज’रायल होस् या फ्रान्स, मैले सधैं नेपालकै नाम राखेको महसुस भएको छ । यहाँ न्यूजिल्याण्ड र अष्ट्रेलियामा खेल्दा पनि मैले व्यक्तिगतभन्दा पनि राष्ट्रको पहिचान बोकेको ठानेकी छु ।

आर्थिकरूपमा मैले आजसम्म आर्जन नगरेको रकम यो उप’चारका लागि आवश्यक परेको छ । त्यसैले नै म आज यहाँहरूमाझ सहयोगको याचना गरिरहेकी छु । आशा छ मेरो उपचारका लागि आवश्यक सहयोग चाँडै जम्मा हुनेछ । र, म राष्ट्रिय टोलीको कप्तान, जो युरोपमा पुगेर खेलेको छु, मैले यो परिस्थितिको सामना गर्नुपर्छ भने सोच्नुहोस् अरूको अवस्था के होला ? मैले यसबारे निरन्तर आवाज पनि उठाउँदै आएकी छु। तर, नियतिले पुनः एकपटक मलाई नै यो अवस्थामा ल्याएको छ । सहयोग गर्न नेपालमा रहनुहुनेले तल राखिएको ‘क्यूआर’ बैंकमार्फत सहयोग गर्नुहोला ।

यो चोटले मलाई शारीरिक र मानसिकरूपमा थकाएको छ । तर, मलाई विश्वास छ म फर्कनेछु । थाकेको हो, हारेको छैन। पुनः एकपटक नेपालको जर्सी लगाएर मैदान फर्कनेछु । जय नेपाल!

यस्तै साम्बाको उपचारमा अपिलको सहयोग मागेको देखेर नेपालका वरिष्ठ अर्थोपेडिक चिकित्सकहरुले यति धेरै खर्च गरेर बिदेशमा उपचार गर्नुभन्दा हाम्रै देश नेपालमा पनि साम्बाको उपचार गर्न सम्भव रहेको प्रतिक्रिया दिएका छ्न।

यो उपचार नेपालमा सस्तो र सहज भएकाले साम्भालाई नेपालमै आए उपचार गर्न प्रतिक्रिया दिएका छ्न।

Tags: #government of NepalOrthopedic transplantSabitra Bhandari sambaWomen football
SummarizeShare237ScanTweet148

Related articles

‘पब्लिक हेल्थ च्याम्पियन अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति संघ सम्मानित

‘पब्लिक हेल्थ च्याम्पियन अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति संघ सम्मानित

by Nam Raj Bhatta
September 9, 2026
0

नेपाल नेत्रज्योति सङ्घले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ), दक्षिणपूर्वी एशिया क्षेत्रीय कार्यालयबाट ‘डब्लुएचओ’ ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ प्राप्त गरेको छ । दिली, तिमोर–लेस्तेमा आयोजित...

फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी रोगबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न

फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी रोगबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न

by Nam Raj Bhatta
September 9, 2026
0

फिजियोथेरापी दिवस २०२६ को अवसरमा नेपाल फिजियोथेरापी संघ (NEPTA) ले आज काठमाडौंमा रक्तदान कार्यक्रम तथा स्ट्रोक र मुटुसम्बन्धी रोगसम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरी दिवस मनाएको छ। यस वर्षको...

बेत्रावतीस्थित होल्डिङ सेन्टरमा ख्वप अस्पतालको निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण

बेत्रावतीस्थित होल्डिङ सेन्टरमा ख्वप अस्पतालको निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण

by Nam Raj Bhatta
September 9, 2026
0

२०८३ भाद्र १० गते भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका कारण ज्यान गुमाएका सम्पूर्ण महानुभावहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बाढी प्रभावित नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप...

Bir hospital

वीर अस्पतालबाट भोटेकोशी बाढीका २० घाइतेमध्ये १७ जना डिस्चार्ज #Birhospital

by Nam Raj Bhatta
September 8, 2026
0

भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी घाइते भएर वीर अस्पताल ल्याइएका २० जनामध्ये १७ जना उपचारपछि डिस्चार्ज भएका छन्। वीर अस्पतालका निर्देशक डा. विकास नेपालले...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    871 shares
    Share 348 Tweet 218
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    703 shares
    Share 281 Tweet 176
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    691 shares
    Share 297 Tweet 164
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    697 shares
    Share 310 Tweet 161
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    645 shares
    Share 258 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • ‘पब्लिक हेल्थ च्याम्पियन अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति संघ सम्मानित
  • फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी रोगबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न
  • बेत्रावतीस्थित होल्डिङ सेन्टरमा ख्वप अस्पतालको निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण
  • वीर अस्पतालबाट भोटेकोशी बाढीका २० घाइतेमध्ये १७ जना डिस्चार्ज #Birhospital
  • रसुवा बाढीपीडितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजद्वारा ७५ लाख रुपैयाँ सहयोग

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.