काठमाडौं, ८ जेठ २०७८
नेपाल चिकित्सक संघले आजदेखि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । भारतीय दुतावासबाट उपहारमा प्राप्त बाग्मती प्रदेश ०१२५ च ३६३५ नम्बरको एम्बुलेन्स सञ्चालनमा आएको हो।
चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले एम्बुलेन्स सेवाको शनिवार शुभारम्भ गरे । चिकित्सक संघले हाललाई एम्बुलेन्स सेवा विहान ७ बजे देखि बेलुका ८ बजेसम्म सञ्चालन हुने जनाएको छ ।
कुनै पनि व्यक्तिलाई एम्बुलेन्स सेवा आवश्यक परेमा संघका प्रशासकीय सहायक प्रवेश लामिछानेको मोवाइल ९८४००१४३०७ वा सवारी चालक सुरज तामाङको मोवाइल नम्बर ९८४६२७१४१२ मा सम्पर्क गर्न सकिने छ ।