काठमाडौं, १० भाद्र २०८०
नेपालमा स्वास्थ्य उपकरण तथा सामग्री उत्पादक कम्पनी माइन्डरेका नयाँ उत्पादन अल्ट्रासोनोग्राफी अर्थात अल्ट्रासाउन्ड उपकरणहरु ल्याइएको छ।
कम्पनीको नेपालस्थित आधिकारिक विक्रेता जनरल मेडिकल सप्लायर्स (जिएमएस) ले अल्ट्रासाउन्डका कन्सोना सिरिज अन्तर्गत एन६ र एन८ ल्याइएको हो। यसका साथै जिएमएसले रेजोना सिरिजको रेजोना प्रमियम अल्ट्रासाउन्ड पनि नेपाल ल्याइएको छ।
जिएमएसले ल्याएका तीन वटै अल्ट्रासाउन्डको शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको छ। नेपाल रेडियोलोजिकल एसोसिएसनका अध्यक्ष डा. सरोज शर्माले कार्यक्रमस्थलमा ल्याइएका नयाँ उपकरणहरुलाई औपचारिक रुपमा सार्वजनिक गरेका हुन्।
अत्याधुनिक प्रविधिसहितका यी अल्ट्रासाउन्डले गुणस्तरिय नतिजा दिने बताइएको छ। यी अल्ट्रासाउन्डमा उच्चस्तरीय तस्बिर तथा भिडियो दिन सक्ने क्षमता रहेको कार्यक्रममा जानकारी दिइएको छ।
जनरल मेडिकल सप्लायर्सका प्रमुख कार्यकारी अधिकृत जयकृष्ण श्रेष्ठले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा सहयोग मिलोस् भनेर नयाँ नयाँ प्रविधि भित्र्याइएको जानकारी दिए। ‘हामी गुणस्तरमा विश्वास गर्छौं,’ उनले भने, ‘त्यसकारण स्वास्थ्य उपचार तथा सेवाका क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गर्न सहयोग मिलोस् भनेर नयाँ नयाँ प्रविधिहरु विश्वबजारमा आएलगत्तै नेपालमा ल्याउने गरेका छौं।’
कन्सोना सिरिज अन्तर्गतका एन६ र एनएटको मूल्य ३० लाख हाराहारीमा रहेको र रेजोना सिरिजको रेजोना प्रमियम अल्ट्रासाउन्डको मूल्य ८० लाख हाराहारीमा रहेको बताइएको छ।
नेपालका विभिन्न अस्पतालमा माइन्डरेका उपकरणहरु प्रयोगमा छन्। कार्यक्रममा कम्पनीका तर्फबाट दिइएको जानकारी अनुसार नेपालका स्वास्थ्य संस्थामा अल्ट्रासाउन्ड मात्र पाँच सयभन्दा बढी प्रयोगमा छन्। यसका साथै दुई हजारभन्दा बढी प्यासेन्ट मोनिटर, एनेस्थेसिया र भेन्टिलेटरहरु तीन सयभन्दा बढी प्रयोगमा रहेको जानकारी दिइएको छ।