काठमाडौं, २५ भाद्र २०७९
काठमाडौंको नयाँबानेश्वरस्थित अल्फा हेल्थ केयर एण्ड डाइग्नोष्टिक सेन्टरको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
अल्फा केयर, आइ थर्ड युथ क्लब र बुद्धनगर टोल सुधार समितिको सहकार्यमा सामुदायिक भवन एवं सूवर्ण पार्क उद्घाटन कार्यक्रमको अवसरमा उक्त निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
शिविरमा निःशुल्क सुगर परीक्षण गरिएको अल्फा केयरका वरिष्ठ मार्केटिङ कार्यकारी अधिकृत अस्मिता पराजुलीले जानकारी दिइन् । सामुदायिक भवन एवं सूवर्ण पार्कको उद्घाटन विशेष अतिथि बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठ र प्रमुख अतिथि प्रतिनिधि सभाका सांसद प्रकाशमान सिंहले गरेका थिए
अल्फा केयर ए ग्रेडको प्रसिद्ध ल्याब हो । अल्फा केयरमा हरेक दिन साँझ ओपिडी सेवा पनि उपलब्ध हुँदै आइरहेको पराजुलीले जानकारी दिइन् ।स्वास्थ्य परीक्षणका लागि अल्फा केयरमा प्रतिष्ठित चिकित्सकहरुको आबद्धता रहेको उनले बताइन् । ल्याबमा सामान्यदेखि जटिल प्रकारका सम्पूर्ण परीक्षण सेवा पनि उपलब्ध छन्।