काठमाडौं, २१ साउन २०७९
अल्फा हेल्थ केयर एण्ड डायग्नोष्टिक सेन्टर र माछापुच्छ्रे बैंक लिमिटेडबीच उपचारमा छुट गर्ने सम्झौता भएको छ।
उक्त सम्झौतापत्रमा माछापुच्छ्रे बैंक लिमिटेड खुसिबु शाखाका शाखा प्रबन्धक कैलाश खरेल र अल्फा हेल्थ केयर एण्ड डायग्नोष्टिक सेन्टरका मेडिकल डाईरेक्टर डा. अजय पराजुलीले हस्ताक्षर गरेका छन् ।
यस सम्झौता पश्चात माछापुच्छ्रे बैंक लिमिटेडका ग्राहकहरुलाई अल्फा हेल्थ केयर एंड डायग्नोष्टिक सेन्टरले ल्याब परिक्षण मा १५ प्रतिशत, कार्डियोलोजी सेवा (ECG, ECHO,TMT, HOLTER), एक्सरे, भिडियो एक्सरेमा १० प्रतिशत, पिसिआर एन्टिजेनमा ३० प्रतिशत छुट दिने मेडिकल निर्देशक डा. अजय पराजुलीले बताए।
सो सम्झौता अनुसार उक्त बैंकका कर्मचारीहरुले पनि अल्फा केयरमा विषेश छुट पाउने भएका छन् । काठमाडौंको नयाँ बानेश्वरमा रहेको अल्फा हेल्थ केयर एण्ड डायग्नोष्टिक सेन्टर अल्फा बिटा ग्रुपको भगिनी संस्था हो।