काठमाडौं, २४ असार २०७९
अल्फा हेल्थ केयर एण्ड डायग्नोष्टिक सेन्टर र कुमारी बैंक लिमिटेड बिच उपचारमा छुट गर्ने सम्झौता भएको छ।
उक्त सम्झौतापत्रमा कुमारी बैंक लिमिटेडका र अल्फा हेल्थ केयर एण्ड डायग्नोष्टिक सेन्टरका बीच हस्ताक्षर भएको छन् ।
यस सम्झौता पश्चात कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई अल्फा हेल्थ केयर एंड डायग्नोष्टिक सेन्टरले ल्याब परिक्षण मा १५%, कार्डियोलोजी सेवा ( ECG , ECHO, TMT, HOLTER), एक्सरे, भिडियो एक्सरेमा १०%, पिसिआर एन्टिजेनमा ३०% छुट दिने मेडिकल निर्देशक डा. अजय पराजुलीले बताए।
सो सम्झौता अनुसार उक्त बैंकका कर्मचारीहरुले पनि अल्फा केयरमा बिशेष छुट पाउने भएका छन्।
सोही अवसरमा कुमारी बैंक व्यवस्थापनले आफ्ना ग्राहकहरुलाई बिशेष छुट प्रदान गर्ने संझौता गरेकोमा अल्फा केयर संचालक समिति तथा व्यवस्थापनलाई धन्यवाद दिएका छन् ।