काठमाडौं, १५ जेठ २०७८
नेपाल सरकारले ज्येष्ठ नागरिकको वृद्ध भत्ता ४ हजार रुपैयाँ पुर्याएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको वृद्ध भत्ता मासिक ४ हजार रुपैयाँ पुर्याएको र सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरेको जानकारी दिए ।
यस अघि जेष्ठ नागरिक भत्ता मासिक ३ हजार थियो । सामाजिक सुरक्षाका लागि १ खर्ब रुपैयाँ विनियोजन गरेको उनले बताए ।