Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ जेष्ठ २८
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

सुर्तीजन्य पदार्थ उत्पादकको विज्ञप्ति भ्रमपूर्ण भएको भन्दै एक्सन नेपालको ध्यानाकर्षण

Nam Raj Bhatta by Nam Raj Bhatta
May 24, 2024
in News
Reading Time: 1 min read
A A
0
सुर्तीजन्य पदार्थ उत्पादकको विज्ञप्ति भ्रमपूर्ण भएको भन्दै एक्सन नेपालको ध्यानाकर्षण
601
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, ११ जेठ २०८१

नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघले जारी गरेको विज्ञप्ति भ्रमपूर्ण रहेको भन्दै सरोकारवालाहरूले आपत्ति जनाएका छन्।

सुर्तीजन्य पदार्थ नियन्त्रण र रोकथामबारे काम गर्दै आइरहेको एक्सन नेपाल संस्थाले बिहीबार पत्रकार भेटघाट आयोजना तथा प्रेस विज्ञप्ति जारी गर्दै विज्ञप्तिको विरोध गरेको हो।

संघले ४ जेठमा सुर्तीजन्य पदार्थमा लाग्ने करको प्रतिशत र विधाबारे सरकारलाई नै टार्ने गरी विज्ञप्ति जारी गरेको थियो। तर, सो विज्ञप्तिमा आपत्ति जनाउँदै एक्सन नेपालले सुर्तीजन्य पदार्थका उद्योगीहरूले संसारभरि नै भ्रामक सूचना सम्प्रेषण गरेको, वैज्ञानिक विधिअनुसार तथ्यहरूको पालना नगरेको, नीति निर्माण तह र त्यसमा कार्यरत कर्मचारीलाई दबाब तथा प्रलोभनमा पारेको आरोप लगाएको छ।

संस्थामा अध्यक्ष डा. आनन्दबहादुर चन्दले सुर्तीजन्य पदार्थबाट लाग्ने रोगहरू जनस्वास्थ्यको प्रमुख चिन्ताको रूपमा देखिएकोले यसमा गम्भीर हुन जरुरी रहेको बताउँदै संघको विज्ञप्तिप्रति आपत्ति जनाउनु भएको छ।

जनस्वास्थ्यमा प्रत्यक्ष असर पार्ने त्यस्ता उद्योगहरूले आफूअनुकूल कानुन र परिस्थिति गर्न गर्ने प्रचलन नै रहेको संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। सुर्तीजन्य पदार्थबारे वैज्ञानिक विधि, अनुसन्धान र संसारभर प्रचलनमा आएका अभ्यासहरूको परिपालना गर्न एक्सन नेपालले दबाब दिँदै आइरहेको छ।

संघले कच्चा पदार्थ, खुद्रा मुल्यलगायतमा पनि कर तिरेको विज्ञप्तिबाट उल्लखे गरेको थियो। यसबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले संघले जारी गरेको विज्ञप्ति सुर्तीजन्य पदार्थका व्यापारीहरूको पक्षमा रहेको बताए।

‘उत्पादन भइसकेका वस्तुको कर जोड्नुपर्नेमा कच्चा पदार्थको पनि जोडेर उम्कन खोजेको देखियो,’ प्रवक्ता डा. बुढाथोकीले भने, ‘सरकारले घरेलु उद्योगलाई प्रोत्साहन गर्नुपर्छ भनेको राम्रो उद्योगलाई हो, तर सुर्तीजन्य पदार्थको उद्योगलाई छुट दिनुपर्ने अवस्था छैन, यसले नेपालीलाई रोगी बनाइरहेको छ, अस्पतालमा कडा रोगका बिरामीको चाप बढ्दो छ, यस्तो उद्योग सकिन्छ भने बन्द नै गर्ने हो।’ उनका अनुसार सरकारले सुर्तीजन्य उद्योगमाथि ७५ प्रतिशत कर लगाउन सक्ने प्रावधानसमेत छ।

आन्तरिक राजस्व विभागको तथ्यांकअनुसार गत वर्ष नेपालमा ११ अर्ब २६ करोड ६६ लाख ६६ हजार ६६७ खिल्ली चुरोट नेपालमा उत्पादन भएको छ। यसपत प्रतिखिल्ली २.३२ रुपैयाँका दरले राजस्व संकलन भएको छ ।

नेपालमा करको दर निकै कम भएका कारण यहाँ चुरोटको मूल्य विश्वकै तुलनामा कम छ। त्यसकारण करलाई वृद्धि गरेर प्रतिखिल्ली औसतमा चार रुपैयाँ कर उठाउनुपर्ने विज्ञ तथा संघसंस्थाहरूले सुझाव दिँदै आइरहेका छन्। यसमध्ये सरकारले प्रतिखिल्ली ०.६ रुपैयाँ स्वास्थ्य जोखिम कर उठाउँछ।

पछिल्लोपटक स्वास्थ्य मन्त्रालयले प्रतिखिल्ली तीन रुपैयाँ स्वास्थ्य जोखिम कर उठाउनुपर्ने प्रस्ताव गरेको छ। तर, यो कार्यान्वयनमा छैन । यस्तै, नेपालमा चुरोटमा कर वृद्धि गर्दा विदेशी चुरोटको आयात बढ्ने भनेर हल्ला फैलाउने गरिएको छ।

त्यस्तैगरी, यो तथ्यहीन विषय भएको संस्थाद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। हाल नेपालमा सर्वाधिक बिक्री हुने चुरोटको मूल्य ३२० पर्दछ भने भारतमा त्यसको मुख्य नेपाली ५४४ रुपैयाँ पर्छ। भारतमा नेपालमा भन्दा महँगो भएकोले नेपालमा कर बढाउँदा भारतबाट अवैध रूपमा चुरोट नभित्रिने विज्ञप्तिमा दाबी गरिएको छ।

एक्सन नेपालले सुर्तीजन्य पदार्थमा लाग्ने करको दर सरकारलाई प्रस्ताव पनि गरेको छ। हाल विश्व स्वास्थ्य संगठनले सिफारिस गरेकोभन्दा नेपालमा निकै कम कर लगाइएको छ। यदि विश्व स्वास्थ्य संगठनले सिफारिस गरेअनुसारको कर वृद्धि गर्ने हो भने नेपालले वार्षिक ७८ अर्ब ८७ करोड राजस्व संकलन गर्न सक्छ। सुर्तीजन्य पदार्थको सेवनबाट नेपालमा वार्षिक ३७ हजारभन्दा बढीको मृत्यु हुने गरेको छ।

Tags: #Health and population ministryAction NepalAnanda Bahadur ChandSmoking
SummarizeShare250ScanTweet146

Related articles

ईशान बाल तथा महिला अस्पतालमा सिटिस्क्यान सेवा शुरु

ईशान बाल तथा महिला अस्पतालमा सिटिस्क्यान सेवा शुरु

by Nam Raj Bhatta
June 9, 2026
0

बसुन्धरास्थित ईशान बाल तथा महिला अस्पतालले सिटिस्क्यान सेवा शुरु गरेको छ । अस्पतालले आजैबाट मेसिनको औपचारिक सेवा शुभारम्भ गरेको हो। सिटि स्क्यान सेवा शुरु भएसङ्गै नयाँ सेवा आज...

How to prevent rabies

सुदूरपश्चिममा रेबिजविरुद्ध खोपको अभाव #Rabiesvaccine

by Nam Raj Bhatta
June 9, 2026
0

सुदूरपश्चिमका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा रेबिजविरुद्धको खोपको अभाव भएको छ । पछिल्लो समय कुकुर, स्याल तथा अन्य जनावरको टोकाइपछि तत्काल लगाउनुपर्ने खोप सरकारी अस्पताल र स्वास्थ्य संस्थामा...

विश्व मस्तिष्क ट्युमर र भक्तपुर क्यान्सर अस्पतालको एक सन्दर्भ

विश्व मस्तिष्क ट्युमर र भक्तपुर क्यान्सर अस्पतालको एक सन्दर्भ

by Nam Raj Bhatta
June 9, 2026
0

विश्व मस्तिष्क ट्युमर दिवस (World Brain Tumor Day) हरेक वर्ष जुन ८ तारिखमा विश्वभर मनाइन्छ। यस दिनको मुख्य उद्देश्य मस्तिष्क ट्युमरको बारेमा सचेतना फैलाउनु, प्रारम्भिक पहिचानलाई प्रोत्साहन गर्नु,...

स्वास्थ्य मन्त्रालयले बेड शुल्क नतिर्ने ११ स्वास्थ्य संस्थाबाट १ करोड ७८ लाख रुपैयाँ असुल्दै

स्वास्थ्य मन्त्रालयले बेड शुल्क नतिर्ने ११ स्वास्थ्य संस्थाबाट १ करोड ७८ लाख रुपैयाँ असुल्दै

by Nam Raj Bhatta
June 9, 2026
0

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बेडसंख्याअनुसार बुझाउनुपर्ने अनिवार्य शुल्क नतिर्ने ११ वटा स्वास्थ्य संस्थाबाट कुल १ करोड ७८ लाख ८४ हजार रुपैयाँ असुल गर्ने निर्णय गरेको छ। मन्त्रालयका अनुसार स्वास्थ्य मन्त्री निशा मेहताको निर्देशन तथा मन्त्रालयको पहलमा उक्त बक्यौता रकम असुली प्रक्रिया अघि बढाइएको हो।...

Please login to join discussion
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    799 shares
    Share 320 Tweet 200
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    684 shares
    Share 274 Tweet 171
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    634 shares
    Share 254 Tweet 159
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    633 shares
    Share 253 Tweet 158
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    683 shares
    Share 304 Tweet 158

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • ईशान बाल तथा महिला अस्पतालमा सिटिस्क्यान सेवा शुरु
  • सुदूरपश्चिममा रेबिजविरुद्ध खोपको अभाव #Rabiesvaccine
  • विश्व मस्तिष्क ट्युमर र भक्तपुर क्यान्सर अस्पतालको एक सन्दर्भ
  • स्वास्थ्य मन्त्रालयले बेड शुल्क नतिर्ने ११ स्वास्थ्य संस्थाबाट १ करोड ७८ लाख रुपैयाँ असुल्दै
  • रत्ननगरमा निःशुल्क आँखा शिविर: ४६७ जनाले लिए सेवा, मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया हुने

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.