काठमाडौं, १५ साउन २०७९
सरकारले एसिड आक्रमणमा परेका पीडितहरुको निःशुल्क उपचार गर्नको लागि चार वटा अस्पतालको नाम तोकेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार एक सूचना जारी गर्दै एसिड आक्रमणमा परेका व्यक्तिहरूले मुलुकका कुनै पनि स्वास्थ्य संस्थाबाट निःशुल्क आकस्मिक उपचार सेवा लिन सक्ने जानकारी दिएका हो ।
सूचनामा आकस्मिक उपचारपछि त्रि.वि. शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुर अस्पतालमा थप उपचार गरिने उल्लेख छ ।
एसिड आक्रमणमा परेका पीडितहरूको उपचारसम्बन्धी कार्यविधि–२०७८ मा निःशुल्क उपचार गरिने उल्लेख छ ।