धनगढी , २२ फागुन २०७७
नेपाल चिकित्सक संघको ७१ औं दिवसको अवसरमा सुदुरपश्चिम प्रदेश शाखाले चार जना बरिष्ठ चिकित्सकलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड २०७७ बाट पहिलो पटक सम्मानित गरेको छ।
नेपाल चिकित्सक संघ सुदुरपश्चिम प्रदेश शाखाका अध्यक्ष डा. प्रदिप मिश्रको सभापतित्व र सामाजिक बिकास मन्त्रालयका माननीय मन्त्री कृष्ण सुवेदी ज्यूको प्रमुख आतिथ्यमा सम्मानपत्र प्रदान गरिएको हो।
सुभ श्री पार्टी प्यालेसमा प्रा.डा. शुभेष राज कायस्थ , डा. लक्ष्मी राज पाठक , डा. बिषम राज बोहोरा र डा. गणेश बहादुर सिंह लाई सम्मानित गरेको हो।
नेपाल चिकित्सक संघ सुदुरपश्चिम प्रदेश शाखाका अध्यक्ष डा. प्रदिप मिश्रले सुदुरपश्चिम प्रदेशमा कार्यरत चिकित्सक हरुले भोग्नुपरेको समस्याहरु र अगामी दिनमा चिकित्सकलाई सुरक्षित वातावरण मा काम गर्ने व्यवस्था मिलाउने , जेल उइथ आउट बेलको तुरुन्तै व्यवस्था गर्नुपर्ने , सम्मानजनक सेवा सुविधा हुनुपर्ने बताए।
एमबिबिएस पास पछि सुदुरपश्चिम प्रदेशमा कार्यरत चिकित्सकलाई बोन्डमा पोष्ट ग्रेटएज एमडी/एमएस अध्ययनका लागि सामाजिक बिकास मन्त्रालयले पहल गर्नु पर्ने कुरामा डा. मिश्रले जोड दिनुभएको छ।
त्यस्तैगरी सेती प्रादेशिक अस्पताल अन्तर्गत अस्थायी कोभिड अस्पतालमा अहोरात्र खटिएर आफ्नो स्वास्थ्यको ख्याल नगरी निरन्तर सेवा गरिरहनु भएका स्वास्थ्यकर्मीहरुलाई अस्पातालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेम राज पाण्डेले कदरपत्र प्रदान गरेको नेपाल चिकित्सक संघ धनगढी शाखाका सचिव डा. कपिल गौतमले जानकारी दिनुभयो।
चिकित्सक दिवसको अवसरमा फुटसल टुर्नामेन्ट प्रतियोगिता भएको थियो जसमा बिजेता र उपविजेता टिमलाई नगद सहित प्रमाणपत्र र ट्रफी प्रदान गरेको पनि डा. गौतमले बताए ।बिजेतालाई नगद १५ हजार र उपविजेताले ८ हजार रुपैयाँ दिएको छ।
सोही अवसरमा सांस्कृतिक कार्यक्रम पनि गरेको थियो। उक्त कार्यक्रममा दुई सय पचास भन्दा बढी चिकित्सकहरुको सहभागिता रहेको थियो।
Comments 2