दाङ, २८ साउन २०७९
नेपाल आयुर्वेद औषधि व्यवसायी संघ दाङ शाखाको अध्यक्षमा प्रकाश अधिकारी चयन हुनुभएको छ। दोस्रो अधिवेसनले अधिकारीको अध्यक्षतमा नौ सदस्य नयाँ कार्यसमिति गठन गरेको हो ।
यस्तैगरी उपाध्यक्षमा दयारामा शर्मा, सचिव खडक बहादुर चन्द र कोषाध्यक्षमा केशव न्यौपाने रहनु भएको छ । सदस्यहरुमा नितु चौधरी, पुष्पा चौधरी, गणेस पौडेल, मानबहादुर बस्नेत र श्रीधर अधिकारी चयन भएको आयुर्वेद व्यवसायी संघ रुपन्देहीका सचिव शालिकराम भुसालले जानकारी दिनुभयो।
नेपाल आयुर्वेद औषधि व्यवसायी संघ जिल्ला शाखा दाङको दोस्रो साधारणसभा तथा अधिवेसनको तुलसीपुर स्थित राप्ती शान्ति उद्यानमा उद्घाटन गर्दै आयुर्वेद चिकित्सा परिषद नेपालका अध्यक्ष डा. सन्तोष कुमार ठाकुरले स्वस्थ समाज निर्माणका लागि आयुर्वेद चिकित्सकको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।
चिकित्सा पद्धतीको सिमा र मर्यादामा रहेर व्यवसाय संचालन गर्न आग्रह गर्दै डा. ठाकुरले आयुर्वेद चिकित्सा पद्धतीमा भएका प्रभाकारी उपायहरु अवलम्बन गरेर स्वस्थ समाज र राष्ट्र निर्माण गर्न सकिने बताउनुभयो । चिकित्सा पद्धतीमा उपचारको ग्यारेन्टी र योग्यता बिना बाल रोग तथा स्त्रीरोग विशेषज्ञ भनेर जथाभावि उपचार गर्नु दण्डनिय कार्य भएको डा. ठाकुरले बताउनुभयो ।
सो कार्यक्रममा बोल्दै नेपाल आयुर्वेद औषधि व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष देब बहादुर बस्नेतले पछिल्लो समय आयुर्वेद औषधि तर्फ नागरिकको रुचि बढ्दै गएको बताउँदै यसलाई निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो । स्वास्थ्यका विषयमा कुनै जानकारी नभएकाहरुले झोलामा औषधि लिएर गाउँ गाउँमा बेच्दा र निको हुनुको साटो उल्टै असर गर्दा कहिले काँही आयुर्वेद औषधिलाई दोष आउने गरेको अध्यक्ष बस्नेतले बताउनुभयो । आफ्नो व्यवसाय मात्रै भन्दा पनि मानविय सेवालाई समेत ध्यानमा राखेर औषधिको बिक्रबितरण गर्नुपर्ने उहाँले बताउनुभयो ।
सो अवसरमा वरिष्ठ आयुर्वेद चिकित्सक डा. मुरली मनोहर रौनियार, नेपाल आयुर्वेद चिकित्सक संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष डा. देवराज केसी, नेपाल औषधि थोक व्यवसायी संघ दाङका अधयक्ष शेषकान्त ढकाल, आयुर्वेद चिकित्सक डा. सन्तोष खनाल, आयुर्वेद औषधि व्यवसायी संघ कर्णाली प्रर्देशका सचिव ठान बहादुर केसी, प्रदेश सहसचिव ध्रुव गोराथोकी लगाएले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।