काठमाडौं, १३ असोज २०७९
लोकतान्त्रिक आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा.वंश दीप शर्मा खरेलले नेपाली कांग्रेसको घोषणापत्रमा ८ बुदाहरु समेट्न आग्रह गरेका छन्।
संवोधन गर्न भनि गरिएको अनुरोधमा सातै प्रदेशमा आयुर्वेद मन्त्रालय खोलेर १०० वेडको आयुर्वेद चिकित्सालय, सिंहदरवार वैद्यखानाको शाखा बिस्तार, एक आयुर्वेद क्याम्पस, प्रत्येक जिल्लामा २५ वेडको तथा हरेक पालिकामा १५ वेडको चिकित्सालय खोल्नका लागि सुझाएको छ।
यसैगरि पर्यटन प्रवर्धन तथा नागरीकको आय आर्जनका लागि पञ्चकर्म तथा योगको हव केन्द्र ठाउं ठाऊंमा खोल्न तथा अन्तराष्ट्रिय स्तरको विकास गर्नका साथै जडीवुटि खेती गर्न ग्रामिण किसानहरुलाई आर्थिक अनुदान दिई प्रोत्साहन गर्न, आयुर्वेद, कृषि, वन, अर्थ र वाणिज्य आदि सन्दर्भित निकाय- मन्त्रालय सम्मिलित नेशनल मेडीसिनल प्लाण्ट बोर्ड गठन गर्न र स्थानिय तल्लो वडा स्तरमा आम नागरिकको स्वस्थ जीवनशैली प्रवर्धन गर्नका लागि कम्तिमा एक नागरिक आरोग्य सेवा केन्द्र खोल्नका लागि उक्त घोषणा पत्रमा समेटिने गरि संवोधन गर्न उक्त संघले विस्तार पुर्वक अनुरोध गरेको कुरा जनाएको छ।