काठमाडौं, २० चैत २०७८
नेपाल आयुर्वेद चिकित्सक संघको दशौं महाधिवेशनबाट अध्यक्षमा प्रजातन्त्रबादी समुहका डा. श्याम बाबु यादव निर्वाचित भएका छन्।
काठमाडौंको कार्की बेन्क्यूटमा चैत १८ र १९ भएको महाधिवेशनबाट डा. श्याम बाबु यादव अध्यक्षमा १६१ मत लिएर निर्वाचित भएका छन्।
बाम प्रगतिशील समुह प्यानलबाट अध्यक्षमा डा. मदन कुमार बिसिले कडा प्रतिस्पर्धात्मक १०६ मत लिएर ५५ मतले पराजित भएका हुन्।
स्वतन्त्रबाट अध्यक्षमा उम्मेदवारी दिएका डा. बुद्दी प्रसाद पौडेलले ११ मत लिएका छन्।
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा डा. शंकर गौतम र महिला उपाध्यक्षमा डा. ऐश्वर्या श्रेष्ठ विजयी भएका छन्।
त्यस्तैगरी प्रादेशिक उपाध्यक्षमा प्रदेश नं १ बाट डा. अभिषेक ताम्राकार, मधेश प्रदेशबाट डा. सुजित यादव, बागमती प्रदेशबाट डा. नदन कंडेल, गण्डकी प्रदेशबाट डा. सरोज कुमार राय, लुम्बिनी प्रदेशबाट डा. देवराज केशी, कर्णाली प्रदेशबाट डा. शंकर रिजाल, सुदुरपश्चिम प्रदेशबाट डा. खगेन्द्र बम निर्वाचित भएका हुन्।
त्यस्तैगरी महासचिवमा डा. कोपिला अधिकारी, सचिवमा डा. प्रेरक रेग्मी, कोषाध्यक्षमा डा. शारदा खनाल बिजयी भएका छन्।
सदस्यहरूमा डा. कैलाश न्यौपाने, डा. ऋषि केशव भुसाल, डा. नरेन्द्र लामिछाने, डा. राज कुमार शाह, डा. हरि खनाल, डा. सुवर्ण पौडेल निर्वाचित हुनुभएको छ।
आदिवासी जनजातिबाट डा. जितेन्द्र श्रेष्ठ निर्वाचित हुनुभएको छ।