काठमाडौं, ९ चैत्र २०७९
आयुर्वेद क्याम्पसमा नेपाल विद्यार्थी संघको तर्फबाट किरण लम्सालले स्ववियु सभापतिको लागी उम्मेदवारी दिएका छन्।
चैत्र १७ गते हुने स्ववियु निर्वाचनको लागी नेविसंघको तर्फबाट अध्यक्षमा किरण लम्साल, सचिवमा प्रेमराज जोशी, कोषाध्यक्षमा प्रतिक्षा दाहाल, सदस्यमा एलिना ओझा, सुलभ न्यौपाने तथा दुर्गाभवानी खड्काले आज मनोनयन दर्ता गराएका छन्।
नेविसंघले स्ववियु निर्वाचनको लागी महिलाको लागी स्थायी छात्रावासको निर्माण प्रक्रिया सुरु गराउने, रिक्त रहेको शिक्षकहरूको दरबन्दी पूर्ति गर्ने र पठनपाठनको लागी आवश्यक पर्ने पूर्वाधारको विकासको लागी पहल गर्ने मुद्धा उठाएको छ।
“विद्यार्थी देखि शिक्षक सबैसंग मिलनसार र डटेर काम गर्न सक्ने भएकाले हामीले किरणलाई टिकट दिएका हौँ। उनीसंग एकाईमा एंव विभिन्न संस्थामा काम गरेको अनुभव पनि छ।”, नेविसंघको जित सुनिश्चित हुने दाबी गर्दै स्ववियु संयोजक डा. ज्योति साह भन्छिन्, “उनको उम्मेदवारीले सम्पूर्ण विद्यार्थी उत्साहित छन्। नेविसंघको जित सुनिश्चित छ।”
२०७३ सालको स्ववियुमा नेविसंघ पुरै प्यानल सहित विजयी भएको थियो। क्याम्पसमा नेविसंघको बाहुल्यता रहेको बुझिएको छ।