धादिङ, ९ साउन २०७९
धादिङ गल्छी ५ पाल्चोक स्थित भर्खरै नवनिर्मित नेपाल सरकारको बैरेनी आयुर्वेद औषधालय सञ्चालनमा आएको छ।
२०५७ सालमा स्थापना भएको आयुर्वेद औषधालय गल्छी गाउँ पालिकाको १ करोड ९२ लाखको लागतमा निर्माण भएको औषधालयका प्रमुख नारायण प्रसाद पौडेलले जानकारी दिनुभयो।
उक्त भवनबाट आयुर्वेद चिकित्सा सेवाका साथै डिजिटल एक्स-रे, इसिजी, अक्सिजन, समान्य शल्यक्रिया, नेबुलाइजर, शिरोधारा, एकाङ्ग स्वेदन, सर्वाङ्ग स्वेदन चिकित्सा, फार्मेसीबाट ५९ प्रकारका आयुर्वेदिक औषधि निशुल्क रुपमा बितरण हुँदै आएको र दैनिक २५ देखि ३० जना बिरामी उपचारको लागि आउने गरेको प्रमुख पौडेलले बताए।
समान्य चोटपटक लाग्दा पनि काठमाडौं जान पर्ने बाध्यता रहेको यस बैरेनी आयुर्वेद औषधालयमा यी सेवा सञ्चालन भएपछि धेरै बिरामीहरुले सेवा पाउने अवसर पाएका छन् ।
साथै यस आयुर्वेद औषधालयको शाखा कार्यालय बैरेनी बजारमा पनि दैनिक २० देखि २५ जनाले सेवा लिइरहेका छन्। निकट भविष्यमा यस औषधालयमा बर्थिङ सेन्टर र प्रयोगशाला सेवा समेत सञ्चालनमा आउने पौडेलले बताउनुभयो।
[फोटो फिचर]