Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ जेष्ठ ३१
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

राष्ट्रिय आयुर्बेद एशोसिएसनमा भट्टराई अध्यक्षतामा नयाँ कार्यसमिति चयन

Nam Raj Bhatta by Nam Raj Bhatta
April 10, 2023
in News
Reading Time: 1 min read
A A
0
राष्ट्रिय आयुर्बेद एशोसिएसनमा भट्टराई अध्यक्षतामा नयाँ कार्यसमिति चयन
596
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, २७ चैत्र २०७९

राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल (रान)को केन्द्रीय अध्यक्षमा जगत बहादुर भट्टराई चयन भएका छन् । एशोसिएनको प्रथम साधारणसभा तथा महाधिवेशनले भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

महाधिवेशनले एशोसिएसनको केन्द्रीय बरिष्ठ उपाध्यक्षमा कृष्ण बहादुर राउत, केन्द्रीय खुल्ला उपाध्यक्षमा बालगोपाल श्रेष्ठ,  केन्द्रीय उपाध्यक्षमा शालिक राम भुसाल र सरिता भण्डारीलाई  चयन गरेको छ।

त्यस्तैगरी केन्द्रीय प्रदेश उपाध्यक्षमा (कोशी प्रदेश) डा.सञ्जिव कुमार यादव, (मधेस प्रदेशबाट) संजय कुमार प्रसाद,  (बागमती प्रदेशबाट) दिल बहादुर श्रेष्ठ, उपाध्यक्ष (गण्डकी प्रदेशबाट)  डा.बप्रफुल्ल चन्द्र यादब,  (कर्णाली प्रदेशबाट) डा. शंकर प्रशाद रिजाल र (सुदुरपश्चिम प्रदेशबाट) लोकराज भट्टलाई चयन गरेको छ।  Group photo aayurved

 

त्यसैगरी महासचिवमा हृदय नारायण चौधरी, सचिब (पुरूष) मा नारायण खतिवडा, सचिब (महिला) जयन्ती सिवाकोटी, कोषाध्यक्षमा सपना खत्री र सह–कोषाध्यक्षमा राम बाबु यादव चयन भएका छन् ।

यस्तै केन्द्रीय खुल्ला सदस्यहरुमा डा. विवेक गुप्ता, किरण न्यौपाने, डा. राम पुकार यादव, सदस्य (खस आर्य)मा गीता देबी दाहाल, सदस्य (मधेसी) मा ईन्द्रजित कुमार यादव, सदस्य (महिला) मा आरती कुमारी चौधरी, सदस्य (दलित) मा धर्विन्द्र बहादुर सार्की, सदस्य (जनजाती) मा ओमराज लिम्बू लाई चयन गरेको छ ।

प्रदेश अध्यक्षहरु स्वत पदेन केन्द्रिय सदस्य हुनेहुंदा नरहरी अर्याल, डा. प्रेम किशोर मिश्र, डा. अमृत भण्डारी र आरएन  सुरेन्द्र सिंह रहेका छन् ।

क्रान्ती भट्टराई संयोजक तथा डा. शंकर गौतम, नरबहादुर ठकुरिब, डा. चन्द्रनारायण झा र महेन्द्रराज बज्राचार्य सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयनको भूमिका निर्वाह गरेको थियो ।

रान आयुर्वेद क्षेत्रको राष्ट्रियस्तरको छाता संस्था हो । यसमा देशभरकै आयुर्वेदिक चिकित्सक, स्वास्थ्यकर्मी, उत्पादक कम्पनी तथा आयुर्वेदिक औषधी ब्यबसायीहरु समेटिएका छन् । हाल रानमा हजारको हाराहारीमा सदस्यहरु रहेका छन् भने यो संख्यालाई बृद्धि गर्दै देशैभरका आयुर्वेदकर्मीलाई समेट्ने लक्ष्य राखेको छ । करिब ५ सय जनाको हाराहारीमा आयुर्बेदकर्मीहरुको महाधिवेशनमा उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले रोग निको पार्ने भन्दा पनि रोग नै नलागोस भन्ने पद्दती आयुर्वेद भएको भन्दै स्वास्थ्य उपचारमा झन आयुर्वेद सर्वोत्कृष्ट पद्दती भएको बताए । आफ्ना बुबा पनि आयुर्बेद प्रयोगकर्ता भएकै कारण १०० बर्ष बाच्न सफल भएको उदाहरण दिंदै उनले आयु बढाउन आयुर्वेद नै एकमात्र विकल्प भएको स्वीकारे।

कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री माधब कुमार नेपालको हातबाट दर्जनाैं आयुर्वेद क्षेत्रमा योगदान पुर्याउने ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । त्यसैगरी प्रथम महाधिवेशन सफल बनाउन सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी दाता हरुलाइ कदर पत्र द्वारा सम्मानित गरियो ।

कार्यक्रममा आयुर्वेदअमृतानामः स्मारिका विमोचन गरिएको थियो भने जागौं जागौं आयुर्वेदकर्मी बोलको गीतमा आकर्षक नृत्य प्रस्तुत गरिएको थियो ।

सभामा रान स्थापनाको उद्देश्य र रानले गर्ने गतिविधिहरुको बारेमा बरिष्ठ उपाध्यक्ष कृष्णबहादुर राउतले प्रस्तुतीकरण गर्नु भएको थियो भने स्वागत मन्तव्य रानकै केन्द्रीय उपाध्यक्ष बाल गोपाल श्रेष्ठले गरेका थिए । त्यस्तै कार्यक्रमको सहजीकरण केन्द्रीय उपाध्यक्ष शालिकराम भुसाल (लुम्बिनी प्रदेश) ले गरेका थिए भने कार्यक्रम सञ्चालन केन्द्रीय महासचिव हृदय नारायण चौधरीले गरेका थिए ।

Shalik ram bhusal

रानका अध्यक्ष भट्टराईले जडिबुटी मात्र भनि आयुर्वेद बारेको बुझाई पर्याप्त मान्न नसकिने बताउँदै यो हाम्रो जीवन जिउने पद्दतीसँग पनि प्रत्यक्ष जोडिएको क्षेत्र भएको बताए । ‘आयुर्वेद नेपालको परम्परागत र मौलिक चिकित्सा पद्दती भएको जगजाहेर नै छ ।’ उनले भने, ‘किन्तु दुर्भाग्य नै मान्नु पर्छ आजको दिन सम्म पनि नेपाल सरकार प्राथमिकताका साथ अघि बढाउने बिषयमा सार्बजनिक रुपमा प्रतिबद्धता त ब्यक्त गर्छन परन्तु व्यबहारमा भने त्यसो गर्न गम्भीर देखिएका छैनन् ।’

प्रचलित बैकल्पिक चिकित्सा पद्धति, उत्पादनबाट देश र जनताका निम्ति अहोरात्र जनस्वास्थ्य सेवामा आयुर्वेद माध्यमबाट सेवा दिइरहेका आयुर्वेदिक चिकित्सक, स्वास्थ्यकर्मी, उत्पादक कम्पनी तथा आयुर्वेदिक औषधि ब्यबसायीहरुप्रति पनि सरकार रत्तिभर चिन्तित नदेखिएको अध्यक्ष भट्टराईले गुनासो गरे । रानले विगत ६ महिना अघिमात्रै स्थापना गरेर समग्र आयुर्वेद क्षेत्रको विकास र विस्तारका लागि उल्लेख्य गतिविधि गर्न सफल भइसकेको छ । रानले ६८ जिल्लामा आफ्नो संगठन विस्तार गर्दै केही महिना भित्रै संगठनलाई ७७ जिल्लामै विस्तार गर्ने तयारी भइरहेको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो।

Tags: Corona Virus #Covid19National aayurved association Nepal
SummarizeShare245ScanTweet146

Related articles

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको आयोजना तथा विश्व स्वास्थ्य संगठन (WHO) को सहयोगमा सञ्चालन भएको AEMT तालिम सम्पन्न

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको आयोजना तथा विश्व स्वास्थ्य संगठन (WHO) को सहयोगमा सञ्चालन भएको AEMT तालिम सम्पन्न

by Nam Raj Bhatta
June 13, 2026
0

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र (NHTC) को आयोजना तथा विश्व स्वास्थ्य संगठन (WHO) को प्राविधिक सहयोगमा नेपाल सशस्त्र प्रहरी बल अस्पताल, काठमाडौं मा सञ्चालित ५ दिने Ambulance Emergency Medical...

नेपालमा पहिलोपटक असार १२ र १३ गते फिल्ड इपिडिमियोलोजी राष्ट्रिय सम्मेलन हुँदै

कोशी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. चन्द्रभाल झा

by Nam Raj Bhatta
June 13, 2026
0

कोशी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा कन्सलटेन्ट डर्माटोलोलिष्ट डा. चन्द्रभाल झा नियुक्त भएका छन् । शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै एघारौँ तहका डा....

म्याग्नस फार्मा कम्पनी अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित

म्याग्नस फार्मा कम्पनी अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित

by Nam Raj Bhatta
June 12, 2026
0

नेपाली औषधि उत्पादनमा नाम कमाउन सफल भएको  म्याग्नस फार्मा प्रालिले युरोपियन सोसाइटी फर क्वालिटी रिसर्चबाट ‘Quality Achievement Award 2026’ प्राप्त गरेको छ। केही दिन अघि बेल्जियमको ब्रसेल्समा प्रदान...

डा. प्रमोद लामिछानेको अध्यक्षतामा ट्रमा सोसाइटी अफ नेपाल गठन

डा. प्रमोद लामिछानेको अध्यक्षतामा ट्रमा सोसाइटी अफ नेपाल गठन

by Nam Raj Bhatta
June 12, 2026
0

हाडजोर्नी विशेषज्ञ डा. प्रमोद लामिछानेको अध्यक्षतामा ‘ट्रमा सोसाइटी अफ नेपाल’ गठन भएको छ । ‘अर्थोपेडिक’ उपचार, ‘ट्रमा’ व्यवस्थापक र हाडजोर्नीसम्बन्धी उपचारमा संलग्न चिकित्सकहरूको उपस्थितिमा बिहीबार गठन भएको ट्रमा...

Please login to join discussion
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    808 shares
    Share 323 Tweet 202
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    687 shares
    Share 275 Tweet 172
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    635 shares
    Share 254 Tweet 159
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    633 shares
    Share 253 Tweet 158
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    683 shares
    Share 304 Tweet 158

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको आयोजना तथा विश्व स्वास्थ्य संगठन (WHO) को सहयोगमा सञ्चालन भएको AEMT तालिम सम्पन्न
  • कोशी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. चन्द्रभाल झा
  • म्याग्नस फार्मा कम्पनी अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
  • डा. प्रमोद लामिछानेको अध्यक्षतामा ट्रमा सोसाइटी अफ नेपाल गठन
  • ईशान बाल तथा महिला अस्पतालमा सिटिस्क्यान सेवा शुरु

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.