Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ असार १२
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

राष्ट्रिय आयुर्बेद एशोसिएसनमा भट्टराई अध्यक्षतामा नयाँ कार्यसमिति चयन

Nam Raj Bhatta by Nam Raj Bhatta
April 10, 2023
in News
A A
0
राष्ट्रिय आयुर्बेद एशोसिएसनमा भट्टराई अध्यक्षतामा नयाँ कार्यसमिति चयन
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, २७ चैत्र २०७९

राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल (रान)को केन्द्रीय अध्यक्षमा जगत बहादुर भट्टराई चयन भएका छन् । एशोसिएनको प्रथम साधारणसभा तथा महाधिवेशनले भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

महाधिवेशनले एशोसिएसनको केन्द्रीय बरिष्ठ उपाध्यक्षमा कृष्ण बहादुर राउत, केन्द्रीय खुल्ला उपाध्यक्षमा बालगोपाल श्रेष्ठ,  केन्द्रीय उपाध्यक्षमा शालिक राम भुसाल र सरिता भण्डारीलाई  चयन गरेको छ।

त्यस्तैगरी केन्द्रीय प्रदेश उपाध्यक्षमा (कोशी प्रदेश) डा.सञ्जिव कुमार यादव, (मधेस प्रदेशबाट) संजय कुमार प्रसाद,  (बागमती प्रदेशबाट) दिल बहादुर श्रेष्ठ, उपाध्यक्ष (गण्डकी प्रदेशबाट)  डा.बप्रफुल्ल चन्द्र यादब,  (कर्णाली प्रदेशबाट) डा. शंकर प्रशाद रिजाल र (सुदुरपश्चिम प्रदेशबाट) लोकराज भट्टलाई चयन गरेको छ।  Group photo aayurved

 

त्यसैगरी महासचिवमा हृदय नारायण चौधरी, सचिब (पुरूष) मा नारायण खतिवडा, सचिब (महिला) जयन्ती सिवाकोटी, कोषाध्यक्षमा सपना खत्री र सह–कोषाध्यक्षमा राम बाबु यादव चयन भएका छन् ।

यस्तै केन्द्रीय खुल्ला सदस्यहरुमा डा. विवेक गुप्ता, किरण न्यौपाने, डा. राम पुकार यादव, सदस्य (खस आर्य)मा गीता देबी दाहाल, सदस्य (मधेसी) मा ईन्द्रजित कुमार यादव, सदस्य (महिला) मा आरती कुमारी चौधरी, सदस्य (दलित) मा धर्विन्द्र बहादुर सार्की, सदस्य (जनजाती) मा ओमराज लिम्बू लाई चयन गरेको छ ।

प्रदेश अध्यक्षहरु स्वत पदेन केन्द्रिय सदस्य हुनेहुंदा नरहरी अर्याल, डा. प्रेम किशोर मिश्र, डा. अमृत भण्डारी र आरएन  सुरेन्द्र सिंह रहेका छन् ।

क्रान्ती भट्टराई संयोजक तथा डा. शंकर गौतम, नरबहादुर ठकुरिब, डा. चन्द्रनारायण झा र महेन्द्रराज बज्राचार्य सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयनको भूमिका निर्वाह गरेको थियो ।

रान आयुर्वेद क्षेत्रको राष्ट्रियस्तरको छाता संस्था हो । यसमा देशभरकै आयुर्वेदिक चिकित्सक, स्वास्थ्यकर्मी, उत्पादक कम्पनी तथा आयुर्वेदिक औषधी ब्यबसायीहरु समेटिएका छन् । हाल रानमा हजारको हाराहारीमा सदस्यहरु रहेका छन् भने यो संख्यालाई बृद्धि गर्दै देशैभरका आयुर्वेदकर्मीलाई समेट्ने लक्ष्य राखेको छ । करिब ५ सय जनाको हाराहारीमा आयुर्बेदकर्मीहरुको महाधिवेशनमा उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले रोग निको पार्ने भन्दा पनि रोग नै नलागोस भन्ने पद्दती आयुर्वेद भएको भन्दै स्वास्थ्य उपचारमा झन आयुर्वेद सर्वोत्कृष्ट पद्दती भएको बताए । आफ्ना बुबा पनि आयुर्बेद प्रयोगकर्ता भएकै कारण १०० बर्ष बाच्न सफल भएको उदाहरण दिंदै उनले आयु बढाउन आयुर्वेद नै एकमात्र विकल्प भएको स्वीकारे।

कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री माधब कुमार नेपालको हातबाट दर्जनाैं आयुर्वेद क्षेत्रमा योगदान पुर्याउने ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । त्यसैगरी प्रथम महाधिवेशन सफल बनाउन सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी दाता हरुलाइ कदर पत्र द्वारा सम्मानित गरियो ।

कार्यक्रममा आयुर्वेदअमृतानामः स्मारिका विमोचन गरिएको थियो भने जागौं जागौं आयुर्वेदकर्मी बोलको गीतमा आकर्षक नृत्य प्रस्तुत गरिएको थियो ।

सभामा रान स्थापनाको उद्देश्य र रानले गर्ने गतिविधिहरुको बारेमा बरिष्ठ उपाध्यक्ष कृष्णबहादुर राउतले प्रस्तुतीकरण गर्नु भएको थियो भने स्वागत मन्तव्य रानकै केन्द्रीय उपाध्यक्ष बाल गोपाल श्रेष्ठले गरेका थिए । त्यस्तै कार्यक्रमको सहजीकरण केन्द्रीय उपाध्यक्ष शालिकराम भुसाल (लुम्बिनी प्रदेश) ले गरेका थिए भने कार्यक्रम सञ्चालन केन्द्रीय महासचिव हृदय नारायण चौधरीले गरेका थिए ।

Shalik ram bhusal

रानका अध्यक्ष भट्टराईले जडिबुटी मात्र भनि आयुर्वेद बारेको बुझाई पर्याप्त मान्न नसकिने बताउँदै यो हाम्रो जीवन जिउने पद्दतीसँग पनि प्रत्यक्ष जोडिएको क्षेत्र भएको बताए । ‘आयुर्वेद नेपालको परम्परागत र मौलिक चिकित्सा पद्दती भएको जगजाहेर नै छ ।’ उनले भने, ‘किन्तु दुर्भाग्य नै मान्नु पर्छ आजको दिन सम्म पनि नेपाल सरकार प्राथमिकताका साथ अघि बढाउने बिषयमा सार्बजनिक रुपमा प्रतिबद्धता त ब्यक्त गर्छन परन्तु व्यबहारमा भने त्यसो गर्न गम्भीर देखिएका छैनन् ।’

प्रचलित बैकल्पिक चिकित्सा पद्धति, उत्पादनबाट देश र जनताका निम्ति अहोरात्र जनस्वास्थ्य सेवामा आयुर्वेद माध्यमबाट सेवा दिइरहेका आयुर्वेदिक चिकित्सक, स्वास्थ्यकर्मी, उत्पादक कम्पनी तथा आयुर्वेदिक औषधि ब्यबसायीहरुप्रति पनि सरकार रत्तिभर चिन्तित नदेखिएको अध्यक्ष भट्टराईले गुनासो गरे । रानले विगत ६ महिना अघिमात्रै स्थापना गरेर समग्र आयुर्वेद क्षेत्रको विकास र विस्तारका लागि उल्लेख्य गतिविधि गर्न सफल भइसकेको छ । रानले ६८ जिल्लामा आफ्नो संगठन विस्तार गर्दै केही महिना भित्रै संगठनलाई ७७ जिल्लामै विस्तार गर्ने तयारी भइरहेको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो।

Tags: Corona Virus #Covid19National aayurved association Nepal
Nisarga hospital Dhangadhi
Previous Post

नेपाल फार्मेसी संघ अध्यक्षमा किरण ढकाल निर्विरोध निर्वाचित

Next Post

धेरै अस्पताल नखोेलौं, जतिछन त्यसबाट सेवा दिऔं-स्वास्थ्य सचिव डा. पोखरेल

Related articles

दैलेख जिल्ला अस्पतालमा पहिलोपटक फिजिसियन डाक्टरबाट सेवा शुरु
News

दैलेख जिल्ला अस्पतालमा पहिलोपटक फिजिसियन डाक्टरबाट सेवा शुरु

30 minutes ago
800
बाढी पहिरोद्वारा निम्त्याइएका रोगहरु तथा उपचार : जीवन क्षतिबाट जोगाउन सरल नियमहरु
News

बाढी पहिरोद्वारा निम्त्याइएका रोगहरु तथा उपचार : जीवन क्षतिबाट जोगाउन सरल नियमहरु

9 hours ago
780
मुगुमा चिकित्सकविहीन भएपछि प्रतिष्ठान जुम्लाले पठायो विशेषज्ञ डाक्टर
News

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १४ जनाको आवेदन

21 hours ago
819
भक्तपुर अस्पतालमा आङ खसेका महिलाको निःशुल्क शल्यक्रिया
News

भक्तपुर अस्पतालमा आङ खसेका महिलाको निःशुल्क शल्यक्रिया

1 day ago
806
ईन्टरप्लास्ट नेपालको सहयोगमा मुगुका जलनका बिरामीहरुलाई यातायात खर्च सहित सुषमा कोईराला अस्पतालमा निःशुल्क उपचार
News

ईन्टरप्लास्ट नेपालको सहयोगमा मुगुका जलनका बिरामीहरुलाई यातायात खर्च सहित सुषमा कोईराला अस्पतालमा निःशुल्क उपचार

1 day ago
837
गोदावरी नगरपालिकाले गरेको प्रोस्टेट सम्बन्धि नि:शुल्क स्वास्थ्य शिबिर बाट ८६ जना लाभान्वित
News

गोदावरी नगरपालिकाले गरेको प्रोस्टेट सम्बन्धि नि:शुल्क स्वास्थ्य शिबिर बाट ८६ जना लाभान्वित

2 days ago
778
Next Post
धेरै अस्पताल नखोेलौं, जतिछन त्यसबाट सेवा दिऔं-स्वास्थ्य सचिव डा. पोखरेल

धेरै अस्पताल नखोेलौं, जतिछन त्यसबाट सेवा दिऔं-स्वास्थ्य सचिव डा. पोखरेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,097)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...