काठमाडौं, २४ माघ २०७९
राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल (रान) ले बागमती प्रदेशको प्रथम भेला माघ २१ गते शनिबार सम्पन्न गरेको छ । राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल (रान) का बागमती प्रदेश संयोजक डा. अमृत भन्डारीको अध्यक्षतामा प्रथम भेला सम्पन्न गरेको छ।
बागमती प्रदेश प्रथम भेलामा आयुर्वेद तथा बैकल्पिक चिकित्सा बिभागका आयुर्बेद बिज्ञ डा. मुनकर्ण थापाको प्रमुख आतिथ्यतामा रानका केन्द्रिय अध्यक्ष जगत बहादुर भट्टराई, आयुर्वेद उत्पादक संघ केन्द्रिय अध्यक्ष मान बहादुर साउँद, आयुर्वेद स्वास्थकर्मी समाजका सस्थापक अध्यक्ष एबम रान केन्द्रीय कार्यसमिति सल्लाहकार वरिष्ठ कबिराज नर बहादुर ठकुरी, आयुर्वेद बरिष्ठ कबिराज एबम आयुर्वेद अभिएन्ता हरि जिरेलको विशिष्ट आतिथ्यता, गैर आयुर्बेद चिकित्सक संघका सस्थापक अध्यक्ष मुक्त राज लामिछने, आयुर्बेद स्वास्थकर्मी समाज बाग्मती प्रदेश अध्यक्ष रमेश पनेरु, रानका वरिष्ठ उपाध्यक्ष कृष्ण बहादुर राउत, रान केन्द्रीय उपाध्यक्ष बालगोपाल श्रेष्ठ, रानका केन्द्रीय उपाध्यक्ष लुम्बिनी प्रदेश सालिकराम भुसाल, रानका केन्द्रिय सचिब सरिता भण्डारी, रानका केन्द्रिय कोषाध्यक्ष सपना खत्रीको उपस्थिति रहेको थियो ।
त्यसैगरी रानका केन्द्रिय सदस्यहरु जयन्ती सिवाकोटी, किरण न्यौपाने, आरती चौधरी, आयुर्वेद चिकित्सक संघका केन्द्रिय सदस्य डा. हरि खरेल, आयुर्वेद स्वास्थकर्मी समाज काठमाडौ जिल्ला अध्यक्ष चिरन्जिबी रेग्मी, रान काठमाडौ जिल्ला अध्यक्ष डा. बिबेक गुप्ता, रान भक्तपुर जिल्ला अध्यक्ष डा. आस्था राय, रान चितवन जिल्ला अध्यक्ष कृष्ण बहादुर बुढाथोकी, रान बाग्मती प्रदेश सह–संयोजक बिक्रम पौडेल लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन रान केन्द्रीय महासचिब हृदय नारायण चौधरीले गर्नु भएको थियो ।
आयुर्वेदको बिकासका लागि रानमा भरोसा भएकोले ब्यक्तिगत स्वार्थ त्यागेर आयुर्वेद क्षेत्रको बिकासमा सबै आयुर्वेद क्षेत्र एकै ठाउँ भएर होमिनु पर्ने धारणा बक्ताहरुले राख्नु भएको थियो ।
बागमती प्रदेशको प्रथम भेलाले नौ सदस्य बाग्मती प्रदेश शाखा तदर्थ समिती बनाउनुका साथै तीन जना आयुर्वेदका अग्रजहरुलाइ सल्लाहकारमा चयन गरेको छ ।
अध्यक्ष : डा. अमृत भन्डारी
उपाध्यक्ष : बिक्रम पौडेल
सचिब : शिरोमणि पौडेल
कोषाध्यक्ष : ध्रुब प्रसाद प्रसाईं
सदस्य : हिरा अधिकारी
सदस्य : शिव कुमार श्रेष्ठ
सदस्य : डा. राम पुकार यादव
सदस्य : दिपा के. सी.
सदस्य : डा. बिश्वास कुँवर
सल्लाहकार
डा. रमेश पौडेल
डा. सुभद्रा कार्की
डा. हरि खनाल
यसैबीच रान केन्द्रको नियमित बैठक पनि सम्पन्न भएको छ । उक्त बैंठकले केन्द्रिय कार्य समितिको सल्लाहकारमा बरिष्ठ आयुर्वेद कबिराज स्वास्थकर्मी समाजका सस्थापक अध्यक्ष नर बहादुर ठकुरीलाई नियुक्ती गरेको छ ।
बागमती प्रदेश तदर्थ समितिमा चयन हुनुहुने सम्पुर्ण तदर्थ समिती रान टिम र सल्लाहकारहरुलाई राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल (रान) को तर्फबाट अध्यक्ष भट्टराईले बधाई दिंदै कार्यकालका पूर्ण सफलताको कामना व्यक्त गर्नुभएको छ ।