काठमाडौं, २९ भाद्र २०७९
नेपाल आयुर्वेद व्यवसायी संघ बागमती प्रदेशको अध्यक्षमा सन्तोष ढुंगेल सर्वसम्मत चयन भएका छन्।
काठमाडौंको बिजुलीबजार स्थित भाद्र १८ गते भएको दोस्रो अधिवेशनबाट ढुंगेल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्। ढुंगेलको अध्यक्षतामा १३ जनाको कार्यसमिति बनेको हो।
अधिवेशनबाट उपाध्यक्षमा अनुप ढुंगाना, महिला उपाध्यक्षमा निकिता बज्राचार्य, सचिवमा सुभाष श्रेष्ठ, सहसचिवमा विक्रम पौडेल र कोषाध्यक्षमा गणेश घिमिरे चयन भएका छन्।
त्यस्तैगरी सदस्यहरुमा छबिलाल पण्डित, बुद्दी सागर अधिकारी, निभेष राज महर्जन, कृष्ण तिवारी, प्रेरणा लामिछाने, राजेश श्रेष्ठ र सुधा श्रेष्ठ चयन भएका छन्।
गण्डकी प्रदेश अन्तर्गत नेपाल आयुर्वेद व्यवसायी संघ गण्डकी प्रदेशको अध्यक्षमा डा. दिपक भुसाल निर्बाचित हुनुभएको छ।
भाद्र २५ गते शनिवार पोखराको कुटि रिसोर्टमा भएको अधिवेशनबाट डा. भुसाल निर्वाचित भएका हुन्।
त्यस्तैगरी उपाध्यक्षमा विष्णा शर्मा चापागाईं, उपाध्यक्षमै डा. शंकर राज पौडेल, सचिवमा रमेश चापागाईं, सह – सचिवमा पुष्पराज पौडेल र कोषाध्यक्षमा राजेन्द्र अधिकारी चयन भएका हुन्।
यस्तै सदस्यहरुमा खुम बहादुर थापा, भानु चापागाईं, विष्णु प्रसाद बस्याल, याम कुमार नेपाली, कृष्ण विश्वकर्मा र रमेश सुनार चयन भएका छन्।
सुदुरपश्चिम प्रदेश अन्तर्गत नेपाल आयुर्वेद व्यवसायी संघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा दीपक गौतम चयन भएका छन्। मंगलबार भएको संघको प्रदेश साधारण सभा तथा दोस्रो अधिवेशनबाट गौतमको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति चयन भएका छन्।
संघको उपाध्यक्षमा तिर्थराज कलौनी, महिला उपाध्यक्षमा मेनुका मिश्र, सचिवमा नवराज खनाल, सह–सचिवमा ठक्कर बोकटी र कोषाध्यक्षमा डम्मरी पनेरु चयन भएका छन।
यस्तैगरी सदस्यमा रमेश पाण्डेय, बसन्तबहादुर धामी, शेषकान्त राना, विनोद कन्जाडे, हरिद्धारी कठरिया, गौतम ऐर, कासीराम डंगौरा, ध्रुवबहादुर विष्ट र दिनेशकुमार खडका चयन भएका छन।
यस्तै संघको सल्लाहकारमा प्रदेश आयुर्वेद्ध चिकित्सालयका निमित्त निर्देशक डा. खगेन्द्र बम, दीपकराज पन्त र डा. दुर्गाप्रसाद ढुङ्गाना चयन भएका आयुर्वेद व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष सन्तोष ढुंगेलले जानकारी दिनुभयो।