दाङ ,५ जेठ
राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुरका कार्यालय प्रमुख डाक्टरले . मदन कुमार बि.सिकाे नेतृत्वमा घाेराहि काे कुहिरेपानि, राप्ती गाउँ पालिका काे दुर्गा भबानि ,सर्बाेदय मा .बि .सिशिनिया, ऐराबत आदर्श क्याम्पस काे क्वारेन्टाइन मा ६४ जना बेक्ति हरु लाई शक्ति बर्दक औषधि , गुडुचि चुर्णा , अश्वगन्धा चुर्णा , आमलकि चुर्णा र योग आदिकाे बारेमा शचेतना कार्यक्रम सम्पन्न गरियाे
कोरोना संक्रमणको भयावह बन्दै गएपछि भारत बाट घर फर्कने क्रममा क्वारेन्टाईनमा बसेका ६४ जनालाई शारिरिक तथा मानसिक स्फुर्तीका लागि चिकित्सालयले चुर्ण प्रदान गरेको हो । क्वारेन्टाईनमा बसेकालाई आयुर्वेदिक औषधि प्रदान गर्दै प्रदान गरिएको चुर्ण कोरनारोगको औषधि नभै शरिरमा शक्त्ति प्रदान गर्ने औषधिय चुर्ण भएको डा.मदन कुमार विसीले बताए । गुडुचि चुर्ण लहरे गुर्जो, अस्वगन्धा, आमलकी चुर्णको सेवनले शरिरमा शक्त्ति आउने र जसले विभिन्न रोग बाट बच्नसहयोग पुग्ने डा. कैलाश न्यौपानेले जानकारी बताए ।
राप्ती गाउँपालिका तथा प्रदेश सामाजिक विकास मन्त्रालयको अनुरोधमा स्थानिय जडिबुटिको प्रयोग तथा पहिचानको गर्दै क्वारेन्टाईनमा बसेकाको शारिरिक तथा मानसिक स्फुतिका लागि राप्ती आयुर्बेदिक चिकित्सालय तुल्सीपुरले औषधि सहित डाक्टरहरुको परामर्श टोली राप्तीका क्वारेन्टाईनमा पठाएको थियो ।
डा. मदन कुमार विसी, डा.कैलाश न्यौपाने, स्वास्थ्य संयोजक नारायण राउत, संञ्चार संयोजक तिर्थराज ज्ञवाली तथा कर्मचारी दल बहादुर बस्नेत सहितको टोलिले औषधि प्रदान गरेका थिए।