भारतबाट आएका ८८ जनालाई क्वारेन्टाइनमा राखियो।

बर्दिया चैत्र,१४

भारतबाट फर्किएका ८८ जनालाई बर्दिया जिल्लाका विभिन्न स्थानका क्वारेन्टाइनमा राखिएको छ ।

जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण अधिकारीका अनुसार कोरोना संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै उनीहरुलाई सुरक्षित तरिकाले क्वारेन्टाइनमा राखिएको हो ।त्यस्तै, भारतबाट आएका मध्य हालसम्म तीन जनालाई उच्च ज्वरो आएपछि बर्दिया अस्पतालको आइसलेसनमा राखिएको छ । जिल्लाभर विभिन्न कार्यपालिका दुई सय भन्दा बढी क्वारेन्टाइन निर्माण गरिएको छ ।

आइसोलेसनबाट पठाइएका विरामीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने समेत सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

लकडाउनका कारण बर्दिया जिल्लाका मुख्य बजारहरु पूरै सुनसान देखिएका छन् । खाद्यान्नका लागि भने जिल्लाका विभिन्न स्थानमा पसलहरु खोलिएका छन् ।

जिल्लामा खाद्यान्नको कुनै समस्या नरहने र जिल्लामा चाहिने अपुग खाद्यान्न छिमेकी जिल्लाबाट सुलभ तरिकाले ल्याउने गरिएको समेत अधिकारीले बताउनुभयो ।

Next Post
ADVERTISEMENT